×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

४ अर्ब रुपैयाँमा बिक्यो यो कचौरा !

एउटा कचौराको मूल्य कति होला ? हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ । 
चिनियाँ माटोबाट बनेको उक्त कचौरा एकहजार वर्ष पुरानो हो । चीनको सांग राजवंशका पालको यो कचौरा मंगलबार हंगकंगमा कीर्तिमानी मूल्यमा बिक्री भयो ।
खरिदकर्ताले यसलाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्य तिरेर किनेका छन् । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् ।
सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । कतिपयले फोनमै बोली लगाएका थिए भने कतिपय बोली लगाउनेहरु लिलाम कक्षमा पनि आएका थिए । सबैभन्दा बढी बोली लगाएर कचौरा खरिद गर्नेले चाहिँ फोनबाटै बोली लगाएका थिए ।
यो कचौरा १३ सेन्टिमिटरकोgoog_462130505 छ र निलो–हरियो रंगको छ । यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो ।
सन् २०१४ मा चीनको मिंग राजवंशका पालामा बनेको मदिराको प्याला ३ करोड ६० लाख डलरमा बिक्री भएको थियो ।- बीबीसी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: