×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोटरसाइकल बेच्दा ठगी गर्नेलाई कारवाही गर्ने सरकारी तयारी, ‘ठग’हरुको ‘सेटीङ’ प्रयास जारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मोटर साइकल बेच्दा गैरकानुनी रुपमा नाफा कमाएर जनताको पसीना चुस्न पल्किएका केहि ठगहरुलाई सरकारले कारवाही गर्ने तयारी गरिरहेको खबर प्राप्त भएको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मोटरसाइकल बेच्दा लुटधन्दा मच्चाउने, नेपालको प्रचलित ऐन विपरित नाफा खाने, मनपरी ढंगले आफैं मूल्य तोक्ने र जनतालाई ठग्ने ‘माफिया’हरु विरुद्ध कारवाहीको तयारी गरेको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सरकारले खरिद र विक्री मूल्य हेरर ठगहरुलाई नियन्त्रणमा गर्ने प्रयास गरिरहेको छ । ‘मोटरसाइकल कतिमा बिक्री भइरहेको छ र त्यो मोटरसाइकलको प्रज्ञापनपत्रमा कति खरिद देखिएको छ, त्यो हेरेर हामी कारबाही गर्छौै । मोटरसाइकल बेच्ने कम्पनीहरुले धेरै जनता लुटे भन्ने व्यापक जनागुनासो आएको छ । कतिपय त कम्पनीका नाम नै किटेर समेत उजुरी परेका छन् ।’ उनले भने । यसरी जनता लुट्ने ठगहरुमा बजाजका मालिक शेखर गोल्छा, होन्डाका मालिक शौरभ ज्योति, यामाहाका विष्णु अग्रवाललगायत छन् । यी ठगहरुले राजनीतिक आडमा रहेर देशको कानुनको धज्जी उडाउँदै जनताको पसीना चुस्ने गरेका छन् । 
खरिद मूल्य र विक्री मूल्यको तुलना गर्दा गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । नेपालको प्रचलित ऐन अनुसार २०% भन्दा बढी नाफा राख्न नपाइने भएपनि कम्पनीले एउटा मोटरसाइकलमा ७८००० बढी नाफा राख्ने गरेको छ । यस्तै जनता लुटेर खान पल्किएको यामाहाको रे–जेडआर डिस्क मोटरसाइकलमा बिक्रेताले उपभोक्ताबाट ६२ दशमलव ९७ प्रतिशत नाफा लिने गरेका छन् । 
तर यसरी जनताको मेहेनतलाइ मारेर देशको कानुनमाथि नै धावा बोल्दै जनताको पसीना लुट्नेहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने भएको छ । यद्यपी यसमा पनि सेटीङ नै गरेर नै ठग व्यापारीहरु आफ्नो कर्तुत लुकाउन लागि परेको शंकासमेत अधिकांस सरोकारवालाहरुले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: