×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रसङ्ग अनलाईन ट्रेडिडको : ‘रातभरी रुंग्यो, वुढी जिउँदै’ नहोस् !

  • नवराज घिमिरे, लगानीकर्ता/ विश्लेषक
नेपाली पूँजी वजारमा धेरै दिन देखि चर्चा हुदै आएको अनलाईन ट्रेडिड:को वारेमा आज म यस अंकामा केही प्रकाश पार्ने कोसिश गर्नेछु । 

के हो अनलाईन ट्रेडिड: ? 
नेपाली पूँजी वजारको साढे दुई दशकको ईतिहासलाई केलाउने हो भने आज सम्म जति ट्रेडिड: भय यि सवै offline ट्रेडिड: अन्तर्गत रहेर भएका हुन । जव जव स्टक किन वेच भयो तव तव offline system मा रहेर नै किन वेच भएको छ । चाहे त्यो open cry system वाट होस वा २०६४ साल वाट सुरु भएको computer system मा नै किन नहोस , त्यो सवै स्टकको किनवेच गर्ने तौल तरिका offline system बाट नै हुदै आएको छ । 
मैले यहाँ उठाउन लागेको विषय भनेको , के हो अनलाईन ट्रेडिड: ? र , कसरी गरिन्छ अनलाईन कारोवार ? भन्ने विषयमा यहाँहरुलाई केहि जानकारी दिन चाहन्छु । दुनिया भरको सेयर मार्केटमा ट्रेडिड: दुई किसिमले हुने गर्छ । एउटा हो अफलाईन ट्रेडिड: र अर्को हो अनलाईन ट्रेडिड: । अफलाईन ट्रेडिड: हाम्रो देशको सन्दर्भमा हामी गरि रहेका छौ । जुन हामि व्रोकर अफिसमा वसेर गर्छौ वा फोनवाट व्रोकरलाई सम्पर्क गरेर गर्छौ । यसरी सम्पर्क गरेर किनेको सेयरको रकम तिन दिन भित्र भुक्तानी गरि सक्नु पर्छ भने किनेको सेयर चार कार्य दिन भित्र हाम्रो डिम्याट खातामा जाने गर्छ । 
जव हाम्रो नेप्सेको कारोवार प्रणाली अनलाईन ट्रेडिड: सिष्टममा जान्छ तव हामी सेयर खरिद विक्री गर्न व्रोकर कहाँ धाउनु पनि पर्दैन र फोन गरि रहनु पनि पर्दैन । खुद आफै ले गर्न मिल्छ । एउटा software जुन व्रोकरले उपलव्ध गराएको हुन्छ । त्यो software ल्यापटपमा वा मोवाईलमा down load गर्नु पर्छ । त्यो तपाँइले कारोवार गरि रहेको व्रोकरवाट तपाँइले लिन सक्नु हुन्छ । र, तपाँई आफुलाई चाहियको सेयर तुरुन्त किन्न पनि सक्नु हुन्छ र तुरुन्त वेच्न पनि सक्नु हुन्छ । 
यस लाई यसरी वुझौ कि हामि आजको मितिमा अनलाईनक सपिड:वाट जसरी टिभी , मोवाईल , घडी , रेफ्रिरेजेटर , वासिड: मिसिन आदि खरिद गर्न फ्लिपकार्ड, एमाजन आदिलाई प्रयोग गर्ने गर्छौ । त्यसैको माध्यमवाट हामि समानहरुको रेट हेरेर त्यस्को रेट मन परे पछी अर्डर place गर्छौ । त्यसरी खरिद गरिने समान तपाईलाई तिन दिन भित्र deliver हुन्छ । हो यसै तरिकाले यहाँ पनि काम हुने गर्छ । 
यहाँ विभिन्न लिस्टेड कंम्पनीको सेयरहरु विभिन्न मूल्यमा Buyers वा sellers हरु मौजुदा हुन्छन । तपाईलाई सेयर किन्नु छ र तपाईलाई उक्त Rate मन परेको छ भने किन्न पनि सक्नु हुन्छ र तपाईलाई सेयर वेच्नु छ भने Buyers ले दिएको Rate मन पर्छ भने वेच्न पनि सक्नु हुन्छ । यसरी तपाईको जुनसुकै सेयर खरिद विक्रीको लागी अनलाईन ट्रेडिड:को platform भित्र Execute हुन्छ । 
यदि तपाइले sales गर्नु भएको छ भने तपाँईको डिम्याट account वाट हट्छ  र किन्नेको डिम्याट account मा जान्छ । यदि तपाईले Buy गर्नु भएको छ भने चार दिन भित्र त्यो सेयर तपाँइको डिम्याट account आउछ र विक्री गर्नेको डिम्याट account वाट हटछ । हामि सवैले वुझेकै कुरा हो , आजकल सवै कुरा अनलाईनवाट गर्न सकिन्छ । तपाईलाई Basic computer चलाऊने नलेज छ वा मोवाइलमा फेसवुक , यूट्युव, भाइवर , ह्वाटसप , इमो आदि चलाउन आउछ भने तपाई यो अनलाईन ट्रेडिड: खुद आफै गर्न सक्नुहुन्छ । 
जव हाम्रो देशमा पनि सेयरको अनलाईन ट्रेडिड: सुरु हुन्छ त्यस वोला हामिलाई व्रोकरले माथी उल्लेख गरिएको सुविधा उपलव्ध गराउने छन । तपाईको ट्रेडिड: terminal मा सवै देखिने छ । कुन कुन Rate मा कति Buyer छन र seller छन भनेर देखिनेछ । तपाई त्यसलाई easy तरिकाले किनवेच गर्न सक्नु हुन्छ । एउटा सामान्य मानिसले पनि यो काम गर्न सक्ने छ । यसको लागी कुनै खास तरिकाको training लिई रहनु पर्ने जरुरी छैन । 
यसै प्रकारले तपाँईको स्कृनमा दुई ओटा window हुन्छ । एउटा हरियो window र अर्को रातो window हुन्छ । तपाँइले सेयर Buy गर्नु हुन्छ भने हरियो window प्रयोग गर्नु पर्छ , यदी तपाई सेयर sell गर्न चाहनु हुन्छ भने रातो window प्रयोग गर्नु पर्ने हुन्छ । यसरी खुलेको window मा सवैकुरा लेखेको हुन्छ । । तपाई कुन Exchange वाट Buy & sell गर्न चाहनु हुन्छ । हुनत नेपालको कन्टेक्स्टमा Nepse मात्र भएको हुनाले Exchange को option मा NEPSE मात्र देखाउन सक्छ । 
दोस्रो कुरा तपाई कुन कंम्पनीको सेयर खरिद वा विक्री गर्न चाहनु हुन्छ , त्यो option देखिन्छ । तेस्रो कुरा तपाई कति लिन वा वेच्न चाहनु हुन्छ कित्ता उल्लेख गर्नु पर्ने हुन्छ, कित्ताको option आउछ । चौथो तपाईले price लेख्नु पर्ने हुन्छ तपाँई कुन price मा किन्न वा वेच्न चाहनु हुन्छ, price को option आउछ । यति सवै गरि सकेपछी तपाँइले order place गर्नु पर्छ । जव तपाँई order place गर्नु हुन्छ त्यो तपाँइले place गरेको order सिधै stoke exchange मा जान्छ । तपाईले किन्न वा वेच्न order place गरेर पठाई सकेपछी यदि किन्ने वा वेच्नेको भाउ मिलेको छ भने automatically किन वेच हुन्छ । 
यसको साथ साथै तपाँईले market depth पनि हेर्न सक्नु हुन्छ। buyer & seller कति रहेछन भनेर। 
यदि यि सवै प्रकृया पुरा गरेपछी पनि तपाँईलाई सेयर आएन भने तपाँइको accunt मा पैसा छैन कि भन्ने वुझ्नु पर्छ । अनलाईन ट्रेडिड:मा तिन ओटा account एक आपसमा टायव भएका हुन्छन । तपाँई चाहे दुनियाको कुनै पनि ठाउमा भएपनि तपाँईले अनलाईन ट्रेडिड: को माध्यमवाट सेयर किन वेच गर्न सक्नु हुनेछ । चाहे तपाई परिवारको साथ यूरोप , अमेरिका जहाँ घुमि रहेको भएपनि तपाँई यो काम गर्न सक्नु हुनेछ । 
तर हामि यस्तो देशमा जन्मेका नागरिक तथा लगानीकर्ता परेंउ की वर्षौं देखि अनलाईन ट्रेडिड:को कुरा उठदै आएपनि अहिले सम्म कार्यन्वायन हुन सकेको छैन । २०७४ कार्तिक २१ गतेवाट सुरु हुने भनेको अनलाईन ट्रेडिड: अव सुरु हुनेदिन ९ दिन वाकी रहँदा सम्म कुनै ठोस कुरा वाहिर आउन सकेको छैन । यसैलाई मैले नेपाली उखान ” रात भरि रुगों वुढी जिउदै ” भन्ने सावित भएको भन्न रुचाउछु । हुन पनि हामि सतिले सरापेको मुलुकमा जन्मेको हुनाले पनि यसो भएको हुन सक्छ । अर्को कुरा यदि नेप्सेमा भरखरै आउनु भएका जि एम श्री चन्द्रसिंह साउद ज्यू ले यसलाई समयमै ल्याउने तिर पहल गरेर समयमै अनलाईन ट्रेडिड: फुल फेजमा लागु गर्न सकेमा उहाँको हाइट लगानीकर्ता माझ अझ धेरै उचो हुने थियो की ????
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: