×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफलताको कथा : सरकारी विद्यालयबाट एसएलसी सकेर सिए बनेका नवल यादवले जिते ‘युएन सिक्रेटरी जनरल अवार्ड’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सफलताको कथा : सरकारी विद्यालयबाट एसएलसी सकेर सिए बनेका नवल यादवले जिते ‘युएन सिक्रेटरी जनरल अवार्ड’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट नवल यादवले युएन सेक्रेटरी जनरल अवार्ड जितेका छन् । न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रमका बीच उनले उक्त अवार्ड हात पारेका थिए । हरेक बर्ष युएनले आफ्ना कर्मचारीमध्येबाट यो अवार्ड वितरण गर्ने गरेको छ । यो अवार्ड पहिलो पटक नेपाली नागरिक रहेका चार्टड एकाउन्टेन्टले पाएका हुन् । ‘युएन डे’का अवसरमा उक्त अवार्ड रावललाई प्रधान गरिएको हो । युएनले कुल चार शीर्षकमा अवार्ड प्रदान गरेको थियो । नोमिनेसनमा परेका १२१ मध्ये ४ जनालाई अवार्ड प्रदान गरिएको हो ।
चार शिर्षकमध्ये यादवले ‘Champion of the Sustainable Development Goals (SDGs)’ अवार्ड हात पारेका हुन् । यादवले नेपालका सामुदायिक विद्यालयलाई सहयोग गरे वापत उनलाई यो अवार्ड प्रदान गरिएको हो । महोतरी जिल्लामा जन्मिएका यादवले सन् २००३ मा आन्तरिक लेखापरिक्षकको रुपमा जागिर सुरु गरेका थिए । 
उनले लामो समय नेपालमा सरकारी जागिरमा समेत बिताएका छन् । आइसीएआइबाट सिए उतीर्ण गरेका यादवले नवल दुखनी यादव फाउन्डेसननामक संस्था खोलीसमेत समाजसेवाको कामलाई अगाडी बढाएका हुन् ।आफु सरकारी विद्यालयबाट एसएलसी उतीर्ण गरेका उनले सामुदायिक विद्यालयका लागि ३६००० युएस डलर भन्दा बढी सहयोग गरेका थिए । त्यसबाहेक उनले विभिन्न विद्यार्थीहरुलाई छात्रवृति समेत दिएका थिए ।
यसैबीच यादवले पाएको अवार्डप्रति खुसी व्यक्त गर्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष प्रकाश जंग थापाले यादवले पाएको अवार्डले सबै सियेलाई गर्व गर्ने अवसर दिएको बताएका छन् । सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यो हामी सबै सिए फेट्रेनीटीको लागि खुसीको खबर हो । अन्तराष्ट्रिय अवार्ड नेपाली नागरिक र त्यो माथि पनि सिएले पाउनु निकै खुसेको कुरा हो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: