×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा नयाँ शक्तिका नेता नियुक्त हुनुपछाडी यस्तो थियो खेल, कांग्रेसी ‘दलाल’हरुले करोडौं कुम्ल्याए !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शेर बहादुर देउवाले नयाँ शक्तिका विवादित नेता चन्द्र साउदलाई खाँटी कांग्रेस भन्दै नेप्सेको महाप्रबन्धकमा नियुक्ति दिएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले पर्दापछाडीका खेलहरु बाहिर ल्याउन थालेका छन् । नेप्सेमा जीएम बनाइदिने व्यक्ति म नै हुँ भन्दै आफुलाई देउवाको नजिक बताउने केहि कांग्रेसी ‘दलाल’हरुले करोडौं रुपैयाँ घुस खाएको तथ्य पनि बाहिर आएको छ । ‘रामचन्द्र भट्टदेखि देवी भट्टचनसम्मले दलाली गरेका छन् । उक्त समयमा यिनीहरुको फोन रेकर्ड ट्रयाक गर्ने हो भने यो घुस प्रकरण सजिलै बाहिर आउँछ ।’ स्रोतले भन्यो, ‘नेप्सेको जीएम बन्नका लागि साउदले करिव साँढे तीन करोड रुपैयाँ घुस खुवाएका थिए । उक्त रकम विभिन्न ब्रोकर हाउसबाट समेत उठाइएको थियो भने साउदले आफुसँग भएको रकम पनि दलालहरुलाई दिएका थिए ।’

बाबुरामसँग पनि कुराकानी, कांग्रेसी दलालहरुले करोडौं कुम्ल्याए !
यसो त खाँटी कांग्रेस भएपनि साउद माओवादी छाडेर केहि समय अघि नयाँ शक्ति नेपालमा आवद्ध भएका थिए । यो बीचमा बाम एकता गर्ने कुरा बाहिर आएपछि बाबुरामले आफुलाई गठबन्धनभित्रै समस्या भएको र गोरखामा कांग्रेससँग मिलेर जाने योजना सुनाउने क्रममा बाबुराम भट्टराइले साउदको नाम समेत लिएको स्रोतको भनाइ छ । राजनीतिक हिसावले कमजोर बनेका बेला बाबुरामको यस्तो प्रस्ताव आएपछि उनले आफ्नो पार्टीका प्रमोद राज शर्मा र मनोज ज्ञवाली भन्दा निकै कमजोर चन्द्र साउदलाई नेप्सेको जीएम बनाउने पक्का पक्की गरेका थिए । स्रोतका अनुसार यो कुराकानी मिलाउन साउदले नयाँ शक्ति पार्टीका केहि नेताहरुलाई समेत राम्रो ‘दक्षिणा’ बुझाएका थिए । तर यो बीचमा साउदसँग बार्गेनिङ गरेर करोडौं रुपैयाँ दलालहरुले कुम्ल्याएका थिए । प्रधानमन्त्रीलाई भनिदिने, आरजु देउवालाई भन्दिने लगायतका आश्वासन दिंदै केहि दलालहरुले करोडौं रुपैयाँ कुम्ल्याएका थिए । अझै उनी नयाँ शक्तिका नेता भएकाले र यहि बेला बाम गठबन्धनका कुरा आएकाले ‘गाह्रो हुने’ बताउंदै केहि कांग्रेसी दलालहरुले ठुलो रकमको बार्गेनिङ  गरेका थिए । उक्त रकम लिएरै साउद नेप्सेमा नियुक्त भए वा बाबुरामको पासाले केहि काम गर्यो, भन्ने कुरा भने अझै पनि रहस्यकै गर्भमा छ ।     
यस्तो छ अख्तियार अपडेट, साउद नेपाल इन्सुरेन्सको सेयर बेच्ने तयारीमा 
यस्तो त चन्द्र साउदले नेपाल इन्सुरेन्समा इन्साइडर ट्रेडिङ गरेको भन्दै प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो । अख्तियारले डाम्ने भएपछी उनले भोजराज जोशीका नाममा आफुले किनेको सेयर समेत बेच्ने तयारी गरेका छन् । ‘मनि मुभमेन्ट’ को तलासी गर्ने हो भने उनी उम्कन पाउँदैनन् तर उनले ठाउँ ठाउँमा पैसा खुवाएका छन् । सबै चोरै चोर भएपछि कसले कसका विरुद्ध अनुसन्धान गर्ने ?’ स्रोतले भन्यो । यसो त उनीविरुद्ध परेको उजुरी धीतोपत्र बोर्ड समेत पुगीसकेको छ । तर बोर्डका अध्यक्षसमेतलाई प्रभावमा पारिसकेका साउदलाई धीतोपत्र बोर्डले पनि केहि कारवाही नगर्ने भने स्पष्ट छ । उनले भोजराज जोशीका नाममा करोडौंको सेयर किनेर नेपाल इन्सुरेन्स कम्पनीमा ‘इनसाइडर ट्रेडिङ’ समेत गरेका थिए । यसै विषयमा उनीविरुद्ध विभिन्न निकायमा उजुरी समेत परेको थियो । तर पैसाका अगाडी केहि पनि नचल्ने संस्कारका अगाडी उनको यो कुकर्म पनि त्यतिकै सेलाएर जाने निश्चित छ ।    
कालोमोसो दल्छु भन्ने लगानीकर्ताका नेता पनि प्रभावमा 
यसो त चन्द्र साउद नेप्सेको जीएम बने कालोमोसो दल्ने हो भन्दै फुर्ती लगाउने लगानीकर्ताका विभिन्न समुहका नेताहरु साउद नै नेप्सेको जीएम भएपछि लुरुलुरु साउदकहाँ गएर बधाई दिएर उल्टै फोटो फेसबुकमा राखिएको समेत देखियो । उनले लगानीकर्ताका विभिन्न समूहका नाइकेहरुलाई आफुले सहयोग गर्ने बाचा समेत दिएपछी अहिले तीनै नेताहरु ‘साउदलाई समर्थन गर्नुपर्छ, जे भयो भयो’ भन्दै हिड्न थालेका छन् । उनले केहि मिडिया मालिकलाई समेत आफ्नो प्रभावमा पारेको चर्चा यतिबेला स्टक बजारमा चिया गफको विषय बन्ने गरेको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: