×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओली र अध्यक्ष प्रचण्डबिरुद्ध सर्वोच्चमा मुद्दा दायर, एक वर्ष कैद र रु १० हजार जरिवानाको माग

सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्।
अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: