×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भाटभटेनीको दादागिरीको पराकाष्टा : सरकारले अखाद्य पुष्टी गरेका दुइ ब्राण्डका तेल धमाधम विक्री !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- देशको सबैभन्दा ठुलो शपिङ सेन्टरका रुपमा विकसित भएको भाटभटेनीमा अखाद्य बस्तु धमाधम भेटिन थालेका छन् । आपूर्ति विभागले केहि समयअघि अखाद्य बस्तु भनी पुष्टी गरिएका फेमिली तेल, सन्फलो सनफ्लावर तेल भाटभटेनी आफैंले समय थपेर बेचेका अखाद्य बस्तु, केहि समय अघि दिशा भेटिएको भन्दै कारवाहीको प्रक्रिया थालिएको तर हालसम्म पनि मानव मलमुत्रमा भेटिने ‘कोलिफर्म’ भएको मिठाइ बेचीरहेको आँगन ब्राण्डका मिठाइहरुपनि धमाधम बेचिंदा पनि सम्बन्धित प्रशासन मौन छ । यसका साथै लेदो भेटिएका अखाद्य जुस र गुणस्तर प्रमाणित नभएका केहि अचारहरु पनि भाटभटेनीमा धमाधम बिक्रि भइरहेको छ । 

अखाद्य पुष्टी भएको तेल विक्री 
नेपाल सरकारले केहि समय अघि ९ तेल परिक्षण गर्दा ३ तेल गुणस्तरहिन भएको प्रमाणित गर्दै ती तेलको उत्पादन नै बन्द गर्ने आदेश दिएको थियो । तर अहिले पनि गुणस्तरहीन मानिएका तेलहरुमध्येको एक फेमीली ब्राण्डका तेलहरु भाटभटेनीमा खुलेआम विक्री भइरहेको छ । गुणस्तरहिन पुष्टि भएको अर्को सनफ्लो तेल पनि कम्पनीले खुलेआम बेचिरहेको छ । बेन्जन, फेमेली र सनफ्लो तेललाई केहि समय अघि आपूर्ति विभागले आफ्नो ल्याबमा टेष्ट गरेपछि ‘अखाद्य’ रहेको प्रमाणित गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको थियो । बजारमा अखाद्य तेल बेचिराखिएको उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा यस्तो कैफियत फेला परेको थियो । विभागले बेन्जन, शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्राण्डको सनफ्लो, धारा ब्रान्ड, धारा हेल्थ, सिजीको सेफ ब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरू संकलन गरी जाँच गरेकोमा बेन्जन, फेमेली र सनफ्लो तेल मापदण्डविपरीत भएको भेटिएको थियो । 
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेलमा परिक्षण गर्दा ३ तेल अखाद्य भएको प्रमाणित भएको हो । ‘९ वटा ब्रान्डको तेल परीक्षण गर्दा ३ वटामा एसिड भ्यालु बढी देखियो । ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुन्छ ।’ उनले भने । उनका अनुसार कैफियत फेला परेका तीन वटा ब्राण्डको तेलमा एसिड भ्यालु ० दशमलव ५ प्रतिशतभन्दा बढी भेटिएको थियो । जुन स्वास्थ्यका लागि हानीकारक हुन्छ । एसिड भ्यालु बढी हुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत: क्यान्सरसम्म हुने जानकारहरु बताउंछन् ।

लक्ष्मी पूजाको साँझ हाम्रो अनुगमन !
भाटभटेनीमा अखाद्य पुष्टि भएका तेलहरु धमाधम विक्री भएको जानकारी आएपछि हामी अर्थ सरोकार समूह लक्ष्मी पूजाको साँझ कोटेश्वर स्थित भाटभटेनी पुग्दा फेमिली तोरीको तेल  र सनाफ्लो तेल खुलेआम विक्री वितरण भइरहेको थियो । उक्त तेल अखाद्य भएको पुष्टी सरकारले गरिसकेको बारे हामीले प्रश्न गर्दा भाटभटेनीका कर्मचारीले आफुलाई यसबारेमा केहि पनि थाहा नभएको र एक्स्पायर मिति अझै रहेकाले उक्त तेल विक्रीका राखिएको बताए । हामीसंगको कुराकानीमा उनले अर्को पोल पनि खोलिन् । उनले केहि समयअघि देखि उक्त ब्राण्डका तेल कम्पनीमा बढी भित्रिएको समेत उनको भनाइ थियो । यसले बजारबाट फिर्ता भएका तेलहरु कम्पनीमा पुगेको र कम्पनीले जनताको जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको पुष्टि हुन्छ । सरकारले अखाद्य प्रमाणित गरेका उक्त तेल भाटभटेनीको कोटेश्वर, ललितपुर, नक्साल, त्रिपुरेश्वर लगायतका साखाहरुमा खुलेआम विक्री भइरहेका छन् । 

लगातार लापरवाही, तर सरकार मौन !
यसो त भाटभटेनीले यस्तो दादागिरी देखाएको यो पहिलोपटक होइन । दर्जनौं पटक कम्पनीले जनतालाई यसरी ठग्ने, पूरानो मितिलाई आफैं सच्याएर गुणस्तरहीन सामान बेचेर जनता ठग्ने लगायतका काम गरिसकेको छ । त्यसमाथि सरकारले नै अखाद्य पुष्टि गरिसकेको तेल बेच्नु कतिसम्मको दादागिरी हो भन्ने कुरा जनताले आफैं छुट्याउन सक्छन् । तर कम्पनीका मालिक मीन बहादुर गुरुङको राजनीतिक पहुँचका कारण केहि पनि कारवाही हुने गरेको छैन । आपूर्ति विभागका कर्मचारीले समेत भाटभटेनीसँग कुरा बिग्रन थालेपछि छापा हान्ने र फेरि कुरा मिलेपछि भाटभटेनीलाई छाड्ने गरेकाले समस्या निम्तिएको सरोकारवालाहरुको आरोप छ ।
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: