×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमा विक्री हुने पतंजलि तेल ‘अखाद्य’ भएको पुष्टी, ल्याबको रिपोर्टले भन्छ, ‘तेल गुणस्तरहीन छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा विभिन्न कम्पनीका अखाद्य तेलहरु छ्यापछ्याप्ती भइरहेका विक्री वितरण भइरहेको खबरहरु आइरहेका बेला राम देव बाबाको कम्पनी पतंजलिको नेपाल साखाले उत्पादन गरेको पतंजलि तेल गुणस्तरहिन भएको पाइएको छ । हालसालै गरिएको ल्याब टेष्टले उक्त खाने तेल अखाद्य रहेको र शरीरलाई हानी गर्ने तत्वहरु भएको खुलासा भएको छ ।    
नेपाल खाद्य तथा गुण नियन्त्रण विभागकै ल्याबमा टेष्ट गर्दा उक्त तेल गुणस्तरमा फेल भएको प्रमाणित भएको हो । उक्त ल्याबमा तेल परिक्षण गर्दा SAPONIFACATION को मात्रा १६८ देखि १७६ हुनुपर्नेमा १७९ भएको पाइएको छ । यस्तै PEROXIDE VALUE ५८ देखि ६००५  हुनुपर्नेमा  ६१. भएको पाइएको छ । यस्तै आयोडिन भ्यालु ९६ देखि १०८ हुनुपर्नेमा ११४ भएको पाइएको छ ।  यसको ठाडो अर्थ यो तेल खान लायक छैन भन्ने हो । यहाँ उल्लेख गरिएका तत्वहरु हुनुपर्ने भन्दा बढी भएको तेल गुणस्तरहीन, र स्वास्थ्यमा प्रतिकुल असर गर्ने तेल हो । यस्ता तेलले पाचन प्रक्रियामा असर गर्ने, छाला विगार्ने, सुन्दरतामा ह्रास आउने, अल्छीपना बढ्ने, र क्यान्सरसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् ।  
यता विभागको ल्याब टेष्टमा काम गर्नेहरुले  पनि पतंजलिको तेल खान ‘अयोग्य’ भएको र यसको प्रयोगबाट स्वास्थ्यमा हानी हुने बताएका छन् । ‘केहि दिन अघि एक पत्रकारले ल्याब टेष्ट गर्न पतंजलिको तेल ल्याएका थिए । उक्त तेल टेष्ट गर्दा उक्त तेल गुणस्तरहीन भएको प्रमाणित भएको छ ।’ आफ्नो नाम नबताउने सर्तमा उनी भन्छिन्, ‘मैले भन्न त नमिल्ने हो, तर सरकारी सेटीङकै कारण पतंजलिलाई कुनै पनि कारवाही हुँदैन ।’ उनका अनुसार पतंजलिको तेलमात्र होइन मन्जनपनि स्वास्थ्यका लागि निकै हानिकारक छ ।

तस्विर : एपी वान 

यस्तो अखाद्य तेल बेच्ने कम्पनी भने यसबारेमा बोल्न चाहेन । हामीले कम्पनीले अखाद्य तेल बेचीरहेको तथ्यबारे बुझ्न खोज्दा कम्पनीका कर्मचारीले आफुलाई यसबारे केहि पनि थाहा नभएको बताएका छन् । यता उपभोक्तावादीहरुले भने विभागका कर्मचारीले नै कम्पनीसँग मिलेमतो गरी उक्त कम्पनीलाई केहि पनि कारवाही नगरेको आरोप लगाउने गरेका छन् ।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: