×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावी परिणामले पार्टी एकतामा असर पार्दैन: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नपार्ने प्रष्ट पारेका छन् ।
भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गरे ।
एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ । विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ ।
प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’
अध्यक्ष प्रचण्डले भने, ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनताको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’
अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’
चितवन क्षेत्र नम्बर ३ मा माओवादी तेस्रो स्थानमा छ कसरी निर्वाचन जित्नुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘विगतको कुरा छाडौं, अब चितवनका जनताको विश्वासको मत लिएर देशको नेतृत्व गर्ने हो ।’
चितवन निर्वाचन क्षेत्र नं. २ का विषयमा अध्यक्ष प्रचण्डले यो कुनै जटिल कुरा नभएको बताए । ‘आजै म एमाले अध्यक्ष केपी ओलीसँग भेट्दैछु । समयको चापले मात्रै निर्णय नभएको हो । आजैं टुंगो लाग्छ ।’ उनले भने ।
माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुँदा र नहुँदा भेटेको र राहात समेत दिएको उनले बताए । उनले अब फेरी माडी जाने बताए । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: