×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देवी ज्ञवालीले हराउने अभियान सुरु गरेपछि चितवनबाट चुनाव लड्न डराए प्रचण्ड !

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव लड्न डराएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट उम्मेद्वार बन्ने घोषणा गरेका प्रचण्डले अन्तिम समयमा चितवन छाड्न लागेका छन् ।
चितवनमा उम्मेद्वार बन्दा जित सुनिश्चित नदेखे पछि प्रचण्ड अब बर्दिया जाने भएका छन् । यसअघि चितव क्षेत्र नम्वर ३ बाट उम्मेद्वार बन्ने घोषणा गरेका प्रचण्ड अन्तिम समयमा आएर बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा लागेका हुन् ।
एमालेसँग बाम गठबन्धन बनाएर चुनावमा होमिएको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने तयारी गरेको स्रोतको दाबी छ ।
प्रचण्ड अहिले चितवन क्षेत्र नम्वर ३ बाट उम्मेद्वार बने एमालेकै नेता कार्यकर्ताले असहयोग गर्ने पक्का पक्की भएपछि अन्तिम समयमा प्रचण्ड चितवन छाड्ने निष्कर्षमा पुगेको स्रोतको जनाएको छ ।
यसअघि एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया– १ बाट उठ्ने तयारीमा थिए । तर प्रचण्डले उक्त क्षेत्र आफूलाई दिनको लागि आग्रह गरेपछि गौतम प्युठानबाट उठ्ने तयारी गरेका छन् ।
एमाले जिल्ला कमिटी बर्दियाले उपाध्यक्ष गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरिसकेको थियो । जिल्ला पार्टी कार्यालय गुलरियाले यसअघि नै सर्वसम्मतिमा गौतमको नाम छनोट गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: