×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो आयो एमाले-माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र तयार भएको छ । ३१ पृष्ठ लामो घोषणापत्रमा आफूहरुको आगामी कार्यक्रमसहित अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ ।
पृष्ठ ९ मा आफ्ना प्रतिस्पर्धी अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । घोषणापत्रमा नेपाली काँग्रेस नेपालका ठूलो पूँजिपति वर्गको पार्टी भएको उल्लेख छ । “काँग्रेसले बचेखुचेको उदार सामन्त वर्ग र मूलतः दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दछ ।
लोकतान्त्रिक संघर्षको लामो इतिहास भएका पार्टी भएकाले राष्ट्रिय पुँजिपति वर्गको सानो हिस्सा समेत यसमा रहेको छ । यो पार्टीले सामन्ती निरंकुशतन्त्रको विरुद्ध लोकतन्त्रका लागि संघर्ष गरोको भएपनि यसले आफ्नो वर्ग चरित्रको सीमाका कारणले संघर्षलाई पूर्णतासम्म पुर्याउने संघर्षको नेतृत्व गर्न सकेन” घोषणापत्रमा भनिएको छ ।
कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुले सामन्तवादको निर्णायक उन्मूलन गर्ने लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरेको र नेपाली काँग्रेस बाध्यात्मक ढंगले सामेल हुन आइपुगेको घोषणापत्रमा उल्लेख छ । “नेपाली काँग्रेसले वर्तमान नयाँ संविधानको अन्तरवस्तु, मूल मर्म र भावालाई आत्मसात गर्न सक्दैन र त्यसलाई सही ढंगले क्रियान्वयन गर्न सक्दैन । यो यथास्थितिवादी शक्ति हो” भनिएको छ ।
त्यस्तै मधेसी पार्टी र राप्रपाको पनि विश्लेषण गरिएको छ । “राजपा सामन्तवादको अवशेषहरुले दलाल पुँजिपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो । यसले राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषण गर्दछ । गरिव तथा श्रमिकमुखी सामाजिक, आर्थिक रुपान्तरणको खुलेर विरोध गर्दछ” संयुक्त चुनावी घोषणपत्रमा उल्लेख छ ।
विभिन्न समूहमा रहेका राप्रपाको पनि विश्लेषण गरिएको छ । “निरंकुश राजतन्त्रत्मक पञ्चायती व्यवस्थामा सत्ताभोग गर्ने पञ्चहरु विभिन्न समूहका राप्रपामा संगठित भएका छन् यसले मूलतः अवशेषका रुपमा रहेको सामन्त वर्गको पट्टरपन्थी हिस्साको प्रतिनिधित्व गर्दछ । राप्रपाहरु गणतन्त्र विरोधी पार्टी हुन्” घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा एमाले हावी भएको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुले सार्वजनिक रुपमा बोल्दै आएका कुरालाई घोषणापत्रमा लिपिवद्ध गरिएको छ । मधेसी पार्टीलाई अात्मसमर्पणवादी भन्‍ने पनि एमालेकै दृष्टिकोण हो । एमाले-माके गठबन्धनबाट नयाँ शक्ति बाहिरिएको छ तर घोषणापत्रमा नयाँ शक्तिको नाम पनि उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: