×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्ता छन् प्रचण्डका पीरमर्का (एउटा रोचक तर दुखदायी सत्य)

काठमाडौं । माओवादी मन्त्री फिर्ता गर्ने सम्झौता बोकेर बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सोधे,‘यो के गर्नुभएको ? हामीसँग कालान्तरसम्म गठबन्धन गर्ने बताएर ओलीसँग किन टाँसिनुभयो ? मन्त्री फिर्ता लानुस् नत्र कारबाही गर्छु ।’ प्रचण्डले त्यसको प्रत्युत्तर दिए,‘म फिर्ता गर्छु । तर, तपाईमाथि विश्वास गर्ने आधार के रह्यो र ? कम्युनिष्टहरू मिल्ने कुरा थियो यसलाई इश्यु नबनाउनुहोस् ।’ देउवका कड्कीए । 
देउवाको हप्की खाएपछि फर्किएका प्रचण्डसँग सत्तामा रहनुको पीर छँदै थियो । चुनावमा आफ्ना पनि मर्का छन् । पार्टीभित्र नेता मिलाउने र परिवार मिलाउने मर्कामा पनि उनी फँसेका छन् । यस्ता पीरमर्काभन्दा विशाल प्रचण्डका लागि चितवनमा जित निकाल्न अनिवार्य देखिएको छ । अहिले चितवनको चुनावी अभियानमा उनको सहभागीता बाक्लो हुन थालेको छ । बामपन्थी एकतापछि उनले चितवन–३ मा चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् । तर, त्यहाँ पनि उनलाई माडीको बाँदरमुढे बमकाण्डले पोलिरहेको छ ।  १७ हजार मानिस मारेको भन्दा पनि माडीको बाँदरमुढेको एउटा बमकाण्ड प्रचण्डका लागि अहिले चुनौति बनेको छ । चितवनमा पुगेका बेला प्रचण्डतिर तेर्सिने माडी घटनाका प्रश्नको उत्तरमा सँधै आश्वस्त पारेर प्रचण्डले भन्नुपरेको छ,‘त्यहाँका जनतासँग म सँधै सम्पर्कमा छु । त्यहाँका बासिन्दासँग सत्तामा हुँदा र बाहिर रहँदा पनि बारम्बार सम्पर्कमा रही आएको छु ।’
परिवारवादमा लागेको, पार्टीलाई एमालेकरण गरेको मात्र होइन, द्वन्द्वमा विस्थापित र वेपत्ता बनाएका परिवारको श्रापबाट मुक्ति पाउनका लागि प्रचण्डले निक्कै कसरत गरिरहेका छन् । शान्ति प्रक्रियामा आउनासाथ सुनसरीको बराह क्षेत्रमा १२ वर्षमा लाग्ने कुम्भमेलामा भैंसीको पुच्छर समातेर पाप धुने कोशिश गरेका प्रचण्ड अहिले जनताको खुट्टा समातेर पाप धुन्छु भन्ने अवस्थामा पुगेका छन् । ‘परिवर्तनका लागि भएको आन्दोलनको एउटा अंश थियो माडी घटना, त्यसमा हामीले तत्कालै पनि पीडाबोध गरी क्षमा मागेका थियौं । अब, यहि क्षेत्रका जनताको साथ पाउनका लागि निर्वाचनमा आएका छौं । स्थानीय चुनावमा उहाँहरूले गर्नुभएको विश्वासलाई आधार मानेर चुनावी अभियानमा म पनि लागिरहेको हुँ ।’, प्रचण्डले भने,‘राजनीतिमा हुने पीरमर्का हामीले बुझेका छौं । हामी यहाँका हरेक पीडितका लागि विशेष प्याकेज दिन तयार छौं, दिएका पनि छौं ।’
आफ्नो चुनावी स्पर्धाका पीरमअर्का एकातिर छन्, अर्कातिर पार्टीमा टिकट लिने र नपाउने दुवैका समस्यामा फँसेका छन् उनी । कतिपयले चुनाव खर्च सघाउनका लागि पनि भनिरहेका छन् भने कतिपयले टिकट नपाएको भन्दै प्रचण्ड परिवारको बेइज्जतीको अभियान पनि गरिरहेका छन् । सामाजिक सञ्जालदेखि पार्टीका आन्तरिक कमिटि र बाहिर पनि प्रचण्डको आलोचना आफ्नैबाट बढिरहेको छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: