×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘तोरिलाहुरे’ होइन ‘लगानीकर्तामैत्री’ व्यक्तिलाई नेप्सेको जीएम बनाईयोस्’

  • रामु खनाल, सेयर बजार विश्लेषक / लगानीकर्ता 
करिब रु १८ खर्बको पूँजीकरण रहेको नेपालको शेयर बजारको प्रमुख को होला ? भन्ने सबैको चासोको बिषय रहेको छ । छनौटको अन्तिम ३ मा परेका मध्येहरु बाट १ जना हुनेछन् । नेप्सेको कार्यकारी प्रमुख बन्नु ठूलो कुरा होईन तर कार्यकारी प्रमुख भइ सके पछि लाखौं लगानीकर्ताहरुको हितमा काम गर्नु ठूलो कुरा हो । नेपालको राजनीति नियुक्ति यति सम्म खत्तम भइसक्यो कि पैसा र पावरको भरमा जो कोहि पदमा पुग्ने अनि नियुक्ति हुदाको बखत गरेको लगानी उठाउन जे पनि गर्ने, नियुक्ति भएको ब्यक्ती मालामाल हुने तर विचरा संस्था बेहाल हुने । 
हामी सबैले कामना गरौं कि नेप्सेको कार्यकारी प्रमुखमा योग्यहरुबाट सर्बोत्तम योग्य  व्यक्तिको छनौट होस् । साना लगानीकर्ताहरुको हितमा काम गर्ने  व्यक्तिको छनौट होस् । नेप्सेको बृहत्तर हितमा काम गर्ने ब्यक्तीको छनौट होस् । पूँजी बजारमा काठमाडौ उपत्यका लगानीकर्ताहरुको मात्र होइन उपत्यका बाहिरका लगानीकर्ताहरुको सहजरूपमा पहुँच पुग्ने संयन्त्रको निर्माण होस् । अब लगानीकर्ताहरु ब्रोकर कार्यलयमा पसिना पुछ्दै बस्न नपरोस , अनलाइनबाट नै घर, कार्यलयबाट शेयर खरिद बिक्रि गर्न पाइने संयन्त्रको बिकास होस् । शेयर कारोबारलाई अझ व्यावसायिक बनाउन आज किनेको सेयर आज नै बेच्न पाइने अर्थात ‘इन्ट्र-डे प्रणालीको बिकास होस् । य्स्स्ता विविध सेवा सुबिधा प्रदान गर्न सक्ने  व्यक्तिको छनोट होस् । 
लाखौं लगानीकर्ताहरुको खर्बौको पूँजीकरण रहेको शेयर बजारको तालाचापी योग्य व्यक्तिको हातमा जाओस् । राजनीति, पावर र पैसाको बलमा अन्य व्यक्तिको हातमा नजाओस् । यो लाखौं लगानीकर्ताहरुको चासो र लगानी रहेको बिषय भएकोले नेप्सेको कार्यकारी प्रमुखको छनौटमा ‘गल्ती से मिस्टेक’ नहोस् । तोरीलाहुरे होइन सक्षम नेतृत्व चाहिएको छ, नेप्सेमा । सरकारले ध्यान देओस् । ‘तोरिलाहुरे’ होइन ‘लगानीकर्तामैत्री’ व्यक्तिलाई नेप्सेको जीएम बनाईयोस्’ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: