×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पत्रकार धमलालाई सांसद बन्न अफरै अफर !

नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएसँगै धमलालाई अहिले अन्य दलहरुले पनि आफ्नो पार्टीबाट चुनाव लड्नको लागि निरन्तर आग्रहरु आईरहेका छन् । रिपोर्टस क्लब नेपालका केन्द्रिय अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । काँग्रेसले चलाखीपूर्ण तवरले ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको र केन्द्रीय कार्यालयमा सिफारिशका लागि पठाएको धादिङ कांग्रेसले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ का तर्फबाट धमलालाई उम्मेदवार बनाइएको हो ।
तर धमलालाई ०६४ सालमै चुनाव लड्नको लागि अफर आएको थियो, त्यो पनि नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाबाट । धमला अहिले पनि सम्झिन्छन्,‘हो, मलाई त्यतिवेला गिरिजाबाबुले समेत राजनीतिमा आउनको लागि आग्रह गर्नुभएको थियो, उहाँले त चुनाव लडनको लागि तयारी हुनु समेत भन्नुभएको थियो, तर मैले त्यतिवेला पत्रकारिताको आफ्नो मुल स्पिरिटलाई नै अघि बढाएँ ।’
हुन त पत्रकार धमलाको मिडियामा पर्फमेन्स राम्रो छ । उनको त्यही शालिनता र मेहनती क्षमताबाट प्रमुख दलका शीर्ष नेताहरु नै उनलाई आफ्नो पार्टीमा भित्र्याउनको लागि आँतुर छन् । यतिवेला उनलाई कांग्रेसले धदिङबाट समानुपातिक तर्फबाट सिफारिश गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त सप्तरीदेखि पर्सासम्म जहाँबाट चुनाव लडेपनि हामी टिकट दिन्छौं भनेर धमलालाई आग्रह नै गरेको बुझिएको छ । तर उनले भने मिडियातर्फको बफादारीतालाई कायम गर्न अहिले नै यसबारेमा सोचि नसकेको बताए ।
धमलाले अब के साँच्चिकै पत्रकारिता छोड्छन त ? या राजनीतिमा आईहाल्छन् कि के गर्छन ? यो प्रश्न अहिले धेरैको मनमा उब्जिएको छ । कतिपयले उनलाई यस्तै खरो पत्रकारितामा रहेको हेर्न चाहेका छन् भने कतिपयले राजनीतिमा आए हुन्थ्यो भनेर प्रतिक्रिया दिएका छन् । तर धमला भने अहिले मन र मष्तिष्कको दोहोरो युद्धमा छन् । हुन त उनले अहिलेसम्म कुन पार्टीमा जाने भनेर समेत मुख खोलेका छैनन् । बस्, यति हो राजनीतिमा आउनुपर्छ भन्ने दबाब सबै प्रमुख दलहरुबाट आईरहेको छ । तर उनले भने सोचेका छैनन् ।
त्यस्तै राजपा नेपालका नेताहरुले पनि धमलालाई चुनाव लड्नको लागि आग्रह गर्दै आएका छन् । हालै मात्र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले पनि धमलालाई आफ्नो पार्टीबाट चुनाव लडे जहाँबाटपनि टिकट दिने बताएका थिए । यता राप्रपा अध्यक्ष कमल थापाले पनि उनलाई आफ्नो पार्टीबाट चुनाव लड्नको लागि आग्रह गर्दै आएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: