×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चुनाव नजिकिँदा पनि सुनसान थवाङ, खारेजीको नारा भने शुरु

पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । 
निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । 
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाव खारेजीको नारा भने सुनिन थालेको छ । 
सुनसान छ । कोही आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरि रौनकको चुनाव हुने छाट छैन, थवाङका अजय घर्ती मगरले बताए । 
२०६४ मा ३ मत बाहेक सबै प्रचण्डलाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन ।
२०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुे २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए । 
२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाण्मा २०५६ मा हेलिकप्टरमा पुगेका दुईजनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । 
अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: