×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘पोलियोले अपाङ्ग बनाएर के भो ? मेहेनतले मलाई एसियन लाइफ इन्स्योरेन्सको बुटवल प्रमुख बनाएको छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- दैव पनि कहिलेकाहीं यस्तै पक्षपाती बनिदिन्छ । र अनेक बहानामा सग्लो शरीर बिगारिदिन्छ । तर नियतिको खेललाई सबैले स्वीकार्नु पर्छ नै । यस्तै खेलको सिकार बने हाल एसियन लाइफ इन्सुरेनस् बुटवल साखाका प्रमुख कृष्ण कुमार पुरी । ‘जन्मिएको डेढ बर्षमै मलाइ पोलियो भयो ।’ मनभरी पीडा भएपनि ओठमा मुस्कान राखेर उनी सम्झन्छन्, ‘सानैमा पोलियो भयो । त्यसपछी मेरा दुवै खुट्टा राम्रोसँग चल्दैनन् ।’
सफलताका लागि गरेको मेहेनत र भगवानको आस्था 
तर जिउनु त छँदै थियो र छ पनि । धेरैले भन्थे उनलाई यसको जिन्दगी बर्बाद भयो भनेर । तर आँटको अगाडी कसको के लाग्छ र ? जीन्दगी होइन मात्र खुट्टा बर्बाद भएको थियो । तिलोत्तमा नगरपालिका –७ भलवारी बजारमा स्थायी रूपमा बसोबास गर्दै आएका पुरी हाल लुम्बिनी अञ्चलका सबै जिल्लाहरूमा शाखा कार्यालय समेत रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा प्रमुख हुन् । मेहेनत गर्दा नसकिने के छ र ?
यसो त भगवानमाथि निकै आस्था राखेका उनी आफुलाई हनुमान (बजरंगवली) को आशीर्वादले यो स्थानसम्म ल्याएको बताउँछन् । दुख परेका बेला भगवान नै आशाको त्यान्द्रो बन्दा रहेछन् । यस्तै भयो उनको जीवनमा पनि । अपाङ्गता हुनु नै गल्ती होइन, र थिएन । उनी मेहेनत गर्दै गए र सफलताको शिखरमा पुग्ने प्रयास गरिरहेका छन् ।

साथीको सहयोग र वर्तमान जिवन
भारतमा आफ्ना बुबा भारतीय आर्मी भएको कारण विद्यालय तहको सबै शिक्षाभारतमा नै पुरा गरेका पुरी सोसियोलोजी (समाजशास्त्र) मा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् । आफ्नो बिगत सम्झंदै उनी भन्छन्, ‘म अपाङ्ग भएपनि कसैले पनि मलाइ असहयोग गरेनन् । ‘सवै साथीहरूले माया गर्थे । म नेपाली भएकाले पनि अझ माया गर्थे उनीहरु । जीवनको यो कोणसम्म आइपुग्दा ती साथीहरुलाई कहिलेकाहीं खुब सम्झन्छु । उनीहरुकै कारण आज म यहाँसम्म छु ।’ उनी कहिलेकाहीं ती साथीहरुलाई खुब सम्झेर मनमनै धन्यवाद दिन्छन् । ‘सायद त्यो प्यार र स्नेह नपाएको भए मेरो जीवन केहि फरक हुन्थ्यो होला । तर त्यहि प्यारले मलाइ डोहोर्यायो । आज पनि कहिलेकाहीं पूराना साथीहरुसँग कुरा हुन्छ । निकै खुसी लाग्छ ।’   
  
भारतमा काम गरेको अनुभव काम लाग्यो 
‘लगनशीलाता, कडा परिश्रम, धैर्य, र आशावादी’ हुन सके सफलता टाढा हुन्न । तर यी सबै कुराहरुलाई आत्मसाथ गरेर जानुपर्यो ।’ उनी भन्छन्, ‘सुरुवातीका दिन कहाँ सजिलो थियो र ? वि.सं. २०५३ सालमा नेपाल आएका उनी पहिलो पटक पर्वत जिल्लाको कुश्मामा कालीगण्डकी नामको निजी बोर्डिङ्ग स्कुलमा काम गरें  । त्यतिवेला पनि उनले ८ हजार रुपैयाँ तलब पाउँथें । वि.सं. २०५३ दे खि वि.सं. २०५८ सालसम्म प्रिन्सिपल भएर काम गरें । विद्यालयमा द्वन्द्वको कारण असर पर्‍यो, विद्यालय बन्द भयो  । त्यसपछि म तराइ तराई झरें । भारतमा रहंदा मलाइ एलआइसी इन्डीया (लाइफ इन्स्योरेन्स कम्पनी) को एजेन्टको रूपमा काम गरेको अनुभव थियो  । सोही अनुभवलाई उनले नेपालमा पनि लगाउने सोच बनाएँ । अनि त्यसपछि लागें पुन: जीवन विमाको पेसा तर्फ ।’

थुप्रै रातहरु भोकै बसें, अहिले सम्झंदा त सपनाजस्तो लाग्छ 
‘जीवनमा थुप्रै रातहरु भोकै बसेको छु । कति दिनहरु छट्पटीएको छु । अहिएल सम्झंदा ती दिनहरु सपनाजस्तै लाग्छन्’ दुखका दिनहरु सम्झंदै उनी भन्छन्, ‘अठोट नै ठुलो कुरा रहेछ ।’ अहिले बुटवलमा उनी इन्सुरेन्स कम्पनीहरुको डिमाण्डेड व्यक्ति हुन् उनी । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बुटवलमा स्थापना काल देखिनै काम गरेको उनको अनुभव रहेका उनले २०६५ साल देखि त्यहाँ जागिर गरेका थिए । लामो समय त्यहाँ काम गरेपछि अवसरका अरु ढोकाहरु पनि खुल्दै गए । २०७४ साउन २२ गते देखि उनी हालसम्म एशियन लाइफ कम्पनीको बुटवल शाखा प्रमुख भएर काम गरिरहेका छन् ।
डाक्टर बन्ने इक्षा थियो, पूरा भएन, इन्सुरेन्स क्षेत्रमा सम्भावाना नै सम्भावना छ 
‘डाक्टर बन्ने इक्षा थियो, जो पूरा भएन । तर जिन्दगीमा पाएको यो सफलताका प्रति खुसी छु ।’ उनी भन्छन्, ‘पहिला ९ वटा विमा कम्पनी थिए । अहिले थप १० थप वटालाई सरकारले स्वीकृत दिएको छ, सहर केन्द्रीत प्रतिस्पर्धा बढिरहेको छ । मोफसलमा यसको सम्भावना निकै बढी छ । दर्जनौं ठाउँबाट सम्मान पाईसकेका उनले जापान, थाइल्याण्ड, ताइवान, बंगलादेश, मलेसिया लगायतका दर्जन भन्दा बढि देशको भ्रमण समेत गरिसकेका छन् । ती ठाउँबाट उनले प्रशस्तै सीप पनि सिकेका छन् । ‘अहिले त जीवन केहि फरक भइसकेको छ । हार खानु हुन्न सबथोक ठिक भएर जान्छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: