×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगुन डटकममा लगानी : यस्तो छ भ्रम र यथार्थबीचको सत्यता

  • अर्थ सरोकार  सम्बाददाता 
सगुन डटकम । नेपालीले बनाएको सोसल नेटवर्क । पछिल्लो समय चर्चाको विषयबनेको सगुन डटकम अर्थात त्यस्तो सामाजिक संजाल, जहाँ नेपाली मेहेनत जोडिएको छ । नेपाली माटोमा जन्मेर हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सामाजिक सञ्जाल । सम्बन्ध जोड्ने, आदानप्रदान गर्ने र ज्ञान वृद्धि गर्ने सुविधा सहितको सो सञ्जाल र यसमा लगानीका बारेमा थुप्रै भ्रमहरु पनि नभएका होइनन् । 
तर भ्रमबीचबाट निस्किएको कटु यथार्थतालाई अध्ययन गर्ने हो भने सगुन डटकम नेपालीको सीपले बनेको एउटा सामाजिक संजालमात्र नभएर नेपालीत्व बोकेको कम्पनीबाट कमाउने अवसरको मझेरी पनि हो । आइटी स्टार्ट अप कम्पनी सगुन डटकमले गत फेब्रुवरी ९ तारिखबाट पहिलो चरणको मिनी आईपिओ जारी गरेको थियो ।
सगुन डटकम, लगानी, भ्रम र यथार्थ 
तर सुरुवातीका दिनहरुमा नै सगुनमाथि औंला ठड्याउने काम नभएको होइन । सगुनको मिनी आइपीओमा लगानी गर्नु कानुनी हो वा गैरकानुनी हो भन्ने प्रश्न उठ्यो । सगुनको आइपीओ बजारमा लिष्टिङ नै हुँदैन वा बेच्न नै सकिंदैन भन्ने भ्रम पनि छरियो । नेपालमा तरलता अभाव भएका बेला सगुन मार्फत नेपाली रकम विदेशमा बाहिरियो भन्ने चर्चा पनि चल्यो । तर यी भ्रमहरुलाई समयले चिर्दै गयो । र अमेरिकी कानुन अनुसार क्राउड फंडीङको स्वीकृति पाएको सगुनले थुप्रै लगानीकर्ताको साथ पाउँदै गयो । 
र त अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकाको कम्पनी ऐन अन्तर्गत रही सगुन इनकर्पोरेशन नामको यस कम्पनीले अमेरिकी धितोपत्र बोर्डको अनुमतिमा मिनी आईपिओको दोश्रो राउण्डको फंडीङ सुरु भएको छ । सुरुमा १००० डलर लगानी गर्न सकिने उक्त कम्पनीमा दोश्रो चरणमा पनि लगानीकर्ताको निकै राम्रो आकर्षण छ। तर सगुन डटकमका बारेमा धेरैलाई धेरै कुरा थाहा नहुन पनि सक्छ । भ्रामक कुरा सुनेर भ्रममै अल्झिएकाहरुलाई सगुनको यथार्थ थाहा नहुन सक्छ । आजको अंकमा हामीले सगुन डटकमका बारेमा उठेका केहि प्रश्न र त्यसका यथार्थ खोतल्ने प्रयास गरेका छौं ।

नेपालीहरुले सगुनमा लगानी गर्नु कानुनी वा गैरकानुनी ?
आम नेपालीहरुले बुझ्न के आवश्यक छ भने सगुनमा नेपालबाट लगानी गर्न मिल्दैन । अर्थात नेपालमा कमाएको रकम सगुनमा लगानी गर्न मिल्दैन । तर विदेशमा रहेका नेपालीहरुले विदेशमै कमाएको पैसा भने सगुनमा लगानी गर्न मिल्छ । नेपालको कानुनअनुसार नेपालमा कमाएको रकम विदेशमा लगानी गर्न बन्चित गरेका हुनाले नेपालबाट पैसा पठाएर सगुनमा लगानी गर्नु कानुनी प्रक्रिया होइन । 
जुनसुकै देशमा बसेर सगुनमा लगानी गरेपनि नेपाल आउँदा उक्त लगानीको नाफा नेपालमा नै लिन सकिन्छ । यसका निश्चित प्रक्रियाहरु छन् । सामान्य रुपमा गर्न सकिने यो प्रक्रियापछि तपाईंले चाहेको खण्डमा उक्त लगानीको नाफा नेपाल आइपुग्छ । यहि बीचमा नेपालबाट लगानी गर्न मिल्दैन भने कम्पनीले किन नेपालमा यसको विज्ञापन गरिरहेको छ भन्ने प्रश्न पनि नउठेको होइन । तर अहिले सगुनले अनलाइनहरुमा बिज्ञापन गरिरहेको छ । र सगुनका लक्षित वर्ग विदेशमा बस्ने नेपालीमात्र हुन् ।
सगुनले ल्याउन लागेको ब्याट्री रिचार्ज गर्ने एपको हल्ला के हो ?
सगुनले अहिले ल्याउन लागेको सगुन एपबाट ब्याट्री रिचार्ज हुने होइन । ब्याट्री रिचार्ज गर्ने एप सगुनको अर्कै प्रोजेक्ट हो । अहिले एन्ड्रोइड भर्जनमा आउन लागेको सगुनको एपले नै ब्याट्री रिचार्ज गर्ने हो भन्ने भ्रम कतिपयसँग छ । त्यसैलाई नै इस्यु बनाएर सगुनलाई कमजोर देखाउन लागिपरेकाहरु पनि छन् । तर सगुनको आउन लागेको एपबाट ब्याट्री रिचार्ज हुने होइन । उक्त प्रोजेक्टको लागि दिन रात काम भने भइरहेको पक्कै हो । विज्ञानले संसारलाई सानो बनाएको छ । असम्भव सुनिएका थुप्रै कुराहरु सम्भव भएका छन् । 
र यो सम्भावनाको अर्को खोजी हो । मोबाइल रिचार्ज गर्ने एपपनि सफल हुने कुरामा सगुन विस्वस्त छ । सगुनले इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) संगको सहकार्यमा उक्त एप्स मार्फत मोवाइल रिचार्ज गर्न सकिने प्रविधिको अध्ययन अनुसन्धान गरिरहेको हो । तत्काल आउने सगुनको एपले ब्याट्री रिचार्ज गर्ने होइन । अहिले आउन लागेको एप्समा सगुनले १७ वटा फिचरहरु ल्याउने तयारी गरेको छ । जसमा सर्वाधिक मन पराइएको माई डे, सेक्रेट मेसेज, मुड टक लगायतका फिचरहरु रहेका छन। स्मार्ट कार्डको लागि समेत काम अगाडि बढाई रहेको छ ।
क्रेडिट/डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने
हुन त सगुन अगाडी अमेरिकामा अन्य क्राउड फंन्डीङका प्रोजेक्टहरु नआएका होइनन् । तर सामाजिक संजाल सगुनमा सेयर खरिद गर्दा अमेरिकन कम्पनीमा लगानी गर्न योग्य जुनसुकै देशहरुबाट वायर ट्रान्फर, क्रेडिट/डेविट कार्डबाट समेत लगानी गर्न सकिने छ । सगुनको पेजमा गएर फर्म भरेर कम्तिमा एक हजार डलर लगानी गर्न सकिने छ । १००० डलर सगुनको न्यूनतम लगानी परिधि हो । कार्डकै प्रयोगबाट सगुनले दिएको लगानीको अवसरले बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाएको त छ नै, सगुन क्रेडिट/ डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर दिने अमेरिकी स्टार्ट अप कम्पनीहरुमध्येकै पहिलो कम्पनी बन्न सफल भएको छ ।क्रेडिट/ डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरुलाई पनि निकै सहज बनाएको छ । 
नेपालीहरुलाई पनि मिलिनियर बन्न प्रोत्साहन गर्दै सगुन 
यसो त विदेशमा बस्ने नेपालीहरुले मात्र लगानी गर्न पाउने सगुनले दोश्रो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने बताएको छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । शेयर बिक्री सम्बन्धि सबै सुचनाहरु कम्पनीको वेबसाइट www.sagoon.com/invest बाट प्रदान गरिने सगुनले बताएको छ । 
आगामी नोभेम्वर ३० सम्म लगानी गर्ने मिति रहेको सगुनको भनाइ छ । सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरी लगानीको योजना सार्वजनिक गरेको हो । नेपालीले नै बनाएको एप्समा नेपालीहरुले नै लगानी गर्न पाउनुपनि निकै गर्वको कुरा भएको जानकारहरु बताउँछन् । सगुनले नेपालीहरुलाई पनि मिलिनियर बन्न प्रोत्साहन गरिरहेको सरोकार वालाहरुको दावी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: