×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लापरवाहीको पराकाष्टा : आफ्ना ग्राहकको विवरण ह्याक भएको चाल पाएर पनि वेवास्ता गर्दै सानीमा बैंक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कुनै बैंक आफ्ना ग्राहकका विवरणमाथि यतिसम्म गैरजिम्मेवार बन्न सक्छ भने ज्वलन्त उदाहरण सानीमा बैंक लिमिटेड भएको छ । सानीमा बैंकका डेपुटी सीइओलाई बैंकका ग्राहकहरुको विवरण कसैको नियन्त्रणमा भएको जानकारी आएको भन्दै खबर गरेपनि उनले, ‘जे सुकै होस्’ भन्ने शैलीमा व्यवहार गरेपछि यतिबेला सानीमा बैंकका खाताका विवरणहरु दुरुपयोग भएको हुनसक्ने अनुमान अधिकांस सरोकारवालाहरुले राखेका छन् । यता बैंकका सीइओ पनि यो कुरा थाहा पाएर पनि मौन बसेका छन् । स्रोतका अनुसार आइटी विभागलाइ हेर्न सामान्य निर्देशन पनि उनले दिएका छैनन् । यसले उनको कार्यक्षमतामाथि पनि प्रश्नचिन्ह उठेको छ । कर्मचारीले युनियन खोल्ने कुरामा ‘न्वारनदेखिको बल’ निकालेर त्यसलाई तुहायेका सीइओ भुवन दाहालले यस्तो गम्भीर प्रकरणबारे भने बुझ्न नै नखोज्नुलाइ फरक अर्थमा हेरिएको छ ।    
केहि समय अघि एक ह्याकरले सानीमा बैंकका सम्पूर्ण विवरण आफुसँग भएको जानकारी अर्थ सरोकार डटकमलाइ गराएपछि हामीले बैंकका सुचना अधिकारीलाई यसबारे सोधेका थियौं । उनले यस बारे आफुलाई केहि पनि थाहा नभएको बताउंदै बुझ्ने बताएका थिए । तर उनले वेवास्ता गर्दा अहिले सानीमा बैंकका विवरणहरु ह्याक भएको चर्चा चौतर्फी चल्न थालेको छ । बैंक स्रोतले दिएको जानकारी अनुसार बैंकभित्रै पनि डाटा ह्याक भएको चर्चा चलेको र बैंकिङ सफ्टवेरमा केहि समस्या देखिएको कम्प्लेन आएपनि बैंकको व्यवस्थापनले त्यसलाई वास्ता गरेको छैन ।  
हामीले सानीमा बैंकको डाटा ह्याक परकरणबारे बुझ्न प्रहरीलाईसमेत फोन गरेका थियौं । साइबर अपराध विभागका राजन महर्जनले हामीसँगको कुराकानीमा महर्जनले यस्ता कार्यलाई ‘अन अथोराइज्ड एक्सेस’ भनिने र यो साइबर अपराध अन्तर्गत पर्ने बताए । यसो त उनले बैंकलाई कतिको नोक्सान भएको छ वा छैन भन्ने कुराले यस्तो काम गर्नेलाई कस्तो सजाय हुन्छ भन्ने निर्क्योल गर्ने स्पष्ट पारे । उनका अनुसार बैंकले उजुरी गरेको खण्डमा यसको अनुसन्धान अगाडी बढ्नेछ । तर बैंकले उजुरी पनि नगर्ने, आफु पनि बैंकको सिष्टम गतिलो नबनाउने र लगानीकर्ताको डाटा दुरुपयोग भएको हुनसक्ने काम भइरहेको छ ।  
यो प्रकरणसँगै सानीमा बैंकमा खाता खोल्नेहरु पनि घटेका छन् । ‘डाटाहरु ह्याक भएको खबर बाहिरिएपछी खाता खोल्नेहरु घटेका छ्न् । बैंकका एक तल्लो तहका कर्मचारी भन्छन्, ‘हामी खाता खोल्न जाँदा सबैले हामीलाई यहि डाटा ह्याक बारे सोध्ने गरेका छन् । तर कम्पनीले नै कदमी नचाल्दा अहिले ग्राहकहरु त्रासमा छन् । व्यवस्थापनले आफ्नो सिष्टम पनि राम्रो बनाएको छैन भने प्रहरीको सहयोग पनि लिएको छैन ।  यसले गर्दा समग्र बैंकको ख्यातीमाथि नै असर गरेको छ ।’     
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: