×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानीमाका सीइओलाइ किन चढ्यो ‘सनक’ ? किन ‘हिटलर’ बन्न खोज्दैछन् भुवन दाहाल ?

  • सम्पादकीय 
कर्पोरेट क्षेत्रमा काम गर्दै जाँदा थुप्रै चुनौतीहरु पक्कै आउँछन् । तर चुनौतीको समाना गर्नुपर्ने ठाउँमा चुनौतीबाट भाग्न खोज्नु कायरता बाहेक केहि होइन । प्रजातान्त्रिक अभ्यासमा युनियन गठन गर्न पाउने कर्मचारीको अधिकारमाथि सीइओको हैसियतले दादागिरी देखाएका सानीमा बैंकका सीइओ भुवन दाहालले यो प्रकरणसँगै आफ्नो असक्षमतालाइ सतहमै प्रदर्शन गरेका छन् ।

कर्मचारी युनियन गठन भएको खण्डमा कर्मचारीका विभिन्न मागहरुका लागि ‘बार्गेनिङ’ हुने र आफ्नो मनपरी नचल्ने दरले उनले लोकतान्त्रिक अधिकारलाई नै आफ्नो मुठीमा पार्ने प्रयास गरेका छन् ।  त्यतिमात्र होइन, उनले कर्मचारी युनियन गठन गरे केहि कर्मचारीहरुको जागिर खाइदिने समेत चेतावनी दिएका छन् । निरङ्कुश राजतन्त्रको झल्को आउने गरी ‘हिटलर’ शैलीमा उनले जे गरिरहेका छन्, कालान्तरमा यसले उनलाई नै नकारात्मक असर गर्ने पक्का छ ।

हाल नेपालभरका २८ वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा वाणिज्य बैंकहरुमा कर्मचारी युनियन गठन भएका छन्  भने ८ बैंक युनियनबिहिन छ ।  हालसम्म कर्मचारी युनियन गठन नभएका बैंकहरुम सनराइज बैंक, एनएमबी बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स इन्टनेशनल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र सानिमा बैंक छन् । सानीमामा युनियन गठन गर्दा सीइओले जागिर खाइदिने चेतावनी दिएपछि अहिले कर्मचारी युनियन गठन गर्ने काम असफल भएको छ ।

नेपालमा बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा पनि विभिन्न कर्मचारी युनियनहरु छन् ।  तर सानीमाका सीइओलाइ सनक चढ्दा बैंकमा युनियन गठन हुन सकेन ।  तर युनियन गठनको प्रयास तुहिएको होइन, पहिलो प्रयास असफल भएको मात्र हो ।  युनियन गठन नै गर्न नपाउँदाको पीडा अव कर्मचारीले कसरी पोख्छन् भन्ने कुरा निरङ्कुश सीइओले सोचेका छैनन् ।

सीइओ सापको मनमा पसेको डरजस्तै युनियनका केहि बेफाइदा नभएका होइनन ।  कतिपय बैंकमा युनियनकै कारण बैंकमा भांडभैलो पनि भएको छ । त्यसैलाई समाधान गर्न नसक्ने सोचेर उनले देखाएको यस्तो कायरपनाले उनलाई कुन शक्तिको खोलाले बगाउने हो, हेर्न बाँकी छ । कर्मचारीको हक हितका लागि कर्मचारी संगठन खोल्ने अधिकार प्रजातान्त्रिक अभ्यास हो भने यसलाई नेपालको सविधानले पनि सुनिस्चित गरेको छ ।
तर निकै नै निरङ्कुश भएपछि कर्मचारीले ‘हिटलर’को उपनाम दिएका सीइओको जागिर खाइदिने धम्कीका कारण अहिले सानीमा बैंकका कर्मचारीहरु तनावमा छन् ।

तर भर्खर दशैं मनाएका सीइओले पक्कै बुझेका होलान, जीत सत्यकै हुन्छ ।  हुनुपर्छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: