×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नियामक निकाय आइक्यानमा नयाँ कार्यकारी निर्देशकको यस्तो दादागिरी, प्रचलित कानुन हातमा लिने प्रयास !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा नयाँ कार्यकारी निर्देशक भएर आएका सिए सञ्जय कुमार सिन्हाले संस्थामा आएलगत्तै आफ्नो दादागिरी देखाउन थालेका छन् । रितपूर्वक मागिएको सुचना लुकाएर उनले सुचनाको हक सम्बन्धि प्रचलित कानुनी अधिकारलाई आफ्नो हातमा लिने प्रयास गरेका छन् । आइक्यानले कारवाही गरेको एक सदस्यलाई कारवाहीको जानकारी सुचनामार्फत माग्दा पनि उनले हालसम्म सुचना उपलब्ध नगराएर सुचनाको हक विरुद्धको कार्य गरेका हुन् । 
सुचनाको हक सम्बन्धि संबैधानिक अधिकारबारे जानकार हुँदा हुँदै पनि उनले आफुले चाहे जे पनि हुने भन्ने शैलीमा यस्तो दादागिरी देखाएका हुन् । सिए क्षेत्रमा खासै कसैले पनि नचिनेका उनी पावरकै भरमा आइक्यानको कार्यकारी निर्देशक भएको चर्चा चलेका बेला उनको यस्तो हर्कतले उनले आइक्यानलाई के नै गर्न सक्छन् र भन्ने प्रश्न पनि उठेको छ । मिति २०७४-०५-२५ गते संस्थामा २७३ नम्बर अन्तर्गत सुचनाको माग गर्दै संस्थामा पत्र दर्ता भएको थियो । मौखिक रुपमा उनले सुचना दिन नमानेपछि समाचार प्रयोजनका लागि भन्ने स्पस्ष्ट उल्लेख गरी सो सुचना माग गरिएको थियो । 

संजय फोन उठाउँदैनन्, काउन्सिल सदस्य भन्छन्, ‘त्यो सुचना दिनै पर्ने सुचना थियो’
यता यस बारे हामीले बुझ्न आइक्यानका नयाँ कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हालाई फोन गरेका थियौं । तर २ पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । यसअघि पनि उनलाई पटक पटक मौखिक तागेता गरी आफुले सुचना पाउनुपर्ने बताएपनि उनले छिट्टै तपाईंलाई पत्र आउँछ, केहि दिनमा दिइहाल्छु, लगायतका कुरा गर्दै टार्दै आएका थिए । उनले सुचना दिन इन्कार गरेपछि हामीले आइक्यानभित्र नयाँ कार्यकारी निर्देशकको रबैयाबारे एक काउन्सिल सदस्यलाई फोन गरेका थियौं । ‘तपाईंले सुचना माग गर्नुभएको छ भन्ने कुरा हामीलाई पनि जानकारी छ । यो त भदौको कुरा हो । अहिले त कार्तिक भैसक्यो । हामीले यो सुचनाको हकअनुरुप पर्ने हुनाले सुचना दिनुपर्ने बताएका थियौं । त्यो सुचना उनले किन लुकाए त्यो भने बुझ्नुपर्छ ।’ एक काउन्सिल सदस्यले भने ।
राष्ट्रिय सुचना आयोग भन्छ, ‘उजुरी दिनुहोस्, तुरुन्त कारवाही गर्छौं’
आइक्यानका नयाँ कार्यकारी निर्देशकले सुचना नदिएपछी हामीले यसबारे जानकारी गराउन राष्ट्रिय सुचना आयोगमा सम्पर्क गरेका थियौं । ‘सुचना माग गरेपछि सुचना दिनुपर्छ । जहाँसम्म तपाईंले कुरा गर्नुभएको छ, त्यो त दिनै पर्ने सुचना हो । आम नागरिकलाई त दिनुपर्छ, तपाइँ पत्रकारलाई नदिने कुरै हुँदैन । सुचना दिनुपर्ने कानुनी मिति त अझै धेरै अगाडी थियो । भदौमा दिएको सुचना कार्तिकसम्म नदिने भन्ने कुरा गलत हो । तपाईंले उजुरी गर्नुभयो भने हामी तुरुन्त कारवाही गर्छौं ।’ आयोगका आयुक्त कृष्णहरी बासकोटाले भने । 
आवश्यक परे हामी सहयोग गर्छौं : नेपाल पत्रकार महासंघ, काठमाडौँ साखाका अध्यक्ष 
यता नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, सुचना विभाग, प्रेस काउन्सिल लगायतका सबै निकायहरुमा आध्कारिक रुपमा दर्ता भएर संचालनमा आएको अर्थ सरोकार डटकम अनलाइन पत्रिकाको आधिकारिक लेटर हेडमा समाचार प्रयोजनका लागि भन्दै सुचना माग गर्दा पनि आइक्यानका नयाँ कार्यकारी निर्देशकले सुचना नदिएपछी हामीले नेपाल पत्रकार महासंघ, काठमाडौँ साखाका अध्यक्ष शान्तराम विडारीलाई फोन गरेका थियौं ।’ आम नागरिकलाई समेत दिनुपर्ने सुचना संचारमाध्यमले माग गर्दा समेत नदिनु भनेको त निरकुंशताको पराकाष्टा हो । एक पटक सुचना आयोगमा पनि भन्नुहोस् । नत्र एउटा सामान्य उजुरी लिएर आउनुहोस्, हामी हाम्रो तर्फबाट सहयोग गर्छौं ।’ उनले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: