×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूँजी बजार सचेतनामा जागे पोखराका युवा, नवप्रवेशीलाई लक्षित गर्दै सेयर तालिम सम्पन्न !

पोखरा- सेगा कम्प्युटर लिङ्क पोखराको आयोजनामा शेयर बजार नवप्रवेशीको लागि आधारभूत शेयर तालिम सम्पन्न भएको छ । शेयर बजारको परिचय, प्राथमिक बजाार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिम, शेयर बजारमा अपनाउनुपर्ने रणनीति, वित्तिय प्रतिवेदनका सुचकाँकको जानकारी लगायतका कुरा तालिममा प्रस्तुत गरियो ।
उक्त तालिम दुई सेसनमा विभाजन गरि सञ्चालन गरिएको कुरा तालिम सहजिकरण कर्ता तथा सेगा कम्प्युटरका म्यानेजिङ डाइरेक्टर महेन्द्र भुर्तेलले जानकारी गराउनुभयो । पहिलो सेसनमा शेयर बजारको परिचय, प्राथमिक बजाार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिमका बारेमा प्रशिक्षक कमल कोइरालाले र दोस्रो सेसनमा शेयर बजारमा अपनाउनुपर्ने रणनीति, वित्तिय प्रतिवेदनका सुचकाँकको जानकारी लगायतका विषयमा तालिम सिए दिपक भुर्तेलले प्रस्तुत गरेका थिए ।
तालिम नवप्रवेशिलाई लक्षित गरिएको थियो । उक्त तालिममा ३५ जना प्रशिक्षार्थी उपस्थित रहेका थिए । उक्त तालिममा प्रशिक्षार्थिको तर्फबाट नवप्रवेशी लगानीकर्ता नविन श्रेष्ठले यस्ता कार्यक्रमबाट हामी क्षमता विकास हुनुका साथै केही कुरा सिकेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने रहेछ भन्ने जानकारी दिनुभयो । शेयर बजारको समग्र विकासका लागि उक्त तालिम आयोजना गरिएको थियो । र निकट भविष्यमा फेरी पनि यस्तै तालिम आयोजना गरिने कुरा सहजिकर्ता महेन्द्र भुर्तेलले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: