स्वरोजगार लघुवित्तको बोनस र नगद सुरक्षित गर्ने आइतबार अन्तिम दिन
Powered by Blogger.
स्वरोजगार लघुवित्तको बोनस र नगद सुरक्षित गर्ने आइतबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - स्वरोजगार लघुवित्त विकास बैंकको १६.६६% बोनस सेयर र ०.८८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले कात्तिक ११ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गर्दैछ । सभामा १६.६६% बोनस सेयर र ०.८९% नगद लाभांश दिने प्रस्ताव गरिएको छ । लाभांश पाउन बुक क्लोज हुनुभन्दा अघि नै कम्पनीको सेयरधनी बनिसक्नुपर्नेछ । यसआधारमा स्वरोजगारले दिने लाभांश पाउन नयाँ लगानीकर्ताले आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । कम्पनीले सोमबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । सभामा स्वरोजगारले आफ्नो नाम पनि संशोधन गर्ने प्रस्ताव लैजाने भएको छ ।

‘स्वरोजगार लघुवित्त विकास बैंक लि.’ को बदलामा ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.’ राख्ने विशेष प्रस्ताव सभामा लगिँदैछ । साधारणा सभा सी डब्ल्यू रेष्टुरेन्ट, कमलादी, काठमाडौंमा कात्तिक ११ गते बिहान ११.३० बजे सुरु हुनेछ । स्वरोजगारले सभामा बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १००% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पेस गर्दैछ । चौथो त्रैमासमा स्वरोजगारले २ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ९ पैसा छ ।

प्रकाशित मिति : Sunday, October 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...