×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विष्णु अग्रवाल अर्थात अर्का भीआइपी ‘ठग’, जसले यामाहाका बाइक बेच्दा जनतालाई लुट्नुसम्म लुट्छन् !

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यामाहाका बाइक तथा स्कुटर बेच्ने कम्पनी मोरङ अटो वर्क्स इन्टरप्राइजेजले यामाहाका बाइक र स्कुटर बेच्दा जनतालाई लुट्न सम्म लुट्ने गरेको खुलासा भएको छ । कालोबजारी सम्बन्धि प्रचलित नेपालको कानुनले २० % भन्दा बढी नाफा राखेर सामान बेच्न नपाइने भन्ने स्पष्ट उल्लेख गरेको भएपनि कम्पनीले ६२ प्रतिशतसम्म नाफा खाने गरेको छ । बलियो पार्ट पूर्जाका कारण लोकप्रिय बनेका यामाहाका बाइकले जनतालाई गैरकानुनी नाफा खाएर लुट्ने गरेको खुलासा भएको हो । र यो ठगी धन्दामा कम्पनीमा पालिक विष्णु अग्रवाल डटेरै लागेका छन् ।
कुन बाइकमा कति छ ठगीको रेट ?
कम्पनीले बेच्ने १५० सीसीको यामाहा वाईजेठएफआर १५ (२ एफबीआइ) मोडलको बाइक २७०४१५ रुपैयाँमा किन्ने गरेको छ । तर यो बाइक उसले ३५४९०० मा बेच्ने गरेको छ । यस्तै कम्पनीले यामाहा एफजेठ२५ (बी९७१) मोडलको बाइक ३४४९०० मा बेच्छ । जवकी यो बाइकको मूल्य २८४२६४ छ । यस्तै कम्पनीले यामाहा एफ जेठ एस-एफआइ-एसइ (२जीएस २) मोडलको १५० सीसीको बाइक २६९४०० मा बेच्ने गरेको छ । जवकी यो बाइक १८९००१ मा किन्न पाइन्छ । यस्तै कम्पनीले यामाहा एफ जेठ एस- एफआइ(२ जी एस २) मोडलको १५० सीसी को बाइक १९४०८३ मा किनेर २६४४०० मा बेच्ने गरेको छ । यामाहाले एसजेठ-आरआर (२ पीवाई१) मोडलको १५० सीसीको बाइक १५१७९२ रुपैयाँमा किनेर २१७९०० मा बेच्ने गरेको छ । यस्तै कमाप्नीले यामाहा सलुटो डिस्क (२ एलपी२) मोडलको १२५ सीसी को बाइक १३९०५० मा किनेर १८८९०० मा बेच्ने गरेको छ । यसरी सबै बाइकको दर हिसाव गर्ने हो भने सबैजसो बाइकको नाफा प्रतिशत २० प्रतिशत भन्दा माथि छ र यो नाफा सरासर गैरकानुनी हो ।
 
स्कुटरमा उस्तै लुट 
मोटरसाइकलमा मात्र होइन कम्पनीले स्कुटरमा पनि जनतालाई लुट्नुसम्म लुट्ने गरेको छ । कमाप्नीले यामाहा फस्किनो (२एसपी१) मोडलको ११३ सीसीको स्कुटर १३१६५६ मा किनेर १९४९०० रुपैयाँमा बेच्ने गरेको छ । यस्तै कम्पनीले यामाहा रे- जेठआर डिस्क (बी६२२) मोडलको ११३ सीसीको स्कुटर १२०८१५ रुपैयाँमा किनेर १९६९०० रुपैयाँमा बेच्ने गरेको छ । यस्तै कम्पनीले यामाहा रे- जेठआर ड्रम (बी६२१) मोडलको स्कुटर ११६७८९ रुपैयाँमा किनेर १८९९०० रुपैयाँमा बेच्ने गरेको छ । यस्तै यामाहा रे- जेठ (बी८११) मोडलको ११३ सीसीको स्कुटर कम्पनीले ११६८२१ रुपैयाँमा नेपाल भित्र्याएर १७७९०० रुपैयाँमा बेच्ने गरेको छ । स्कुटरमा पनि निकै बढी नाफा राखिएको छ । र यामाहाले स्कुटरमा असुलेको यो नाफा पनि सरासर गैरकानुनी असुली हो ।
 
के भन्छ कम्पनी ?
यता कम्पनीका मालिक भने खर्च धेरै हुने बताउने गरेका छन् । ‘सबै खर्च जोड्दा थोरै मात्र नाफा हुन्छ’ अग्रवालले एक प्रसङ्गमा भनेका छन्, ‘सीधा हिसाव गरेर मिल्दैन । बीचमा धेरै खर्च हुन्छ ।’ तर नपालको कानुनले स्पष्ट रुपमा भन्सारबाट भित्र्याएपछिको मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा राख्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसो त ठुला व्यापारी भएकाले यिनलाई पनि देशको कानुन लाग्दैन । र दरबारमार्गतिर छापा मारेर चर्चामा आएका नेपालका आपूर्तिमन्त्री शिवकुमार मन्डलपनि यी व्यापारीका अगाडी निरिह छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: