×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चुनाव खारेज अभियानमा सक्रिय हुन अपीलसहित जनसांस्कृतिक महासङ्घले निकाल्यो यस्तो विज्ञप्ति !

काठमाडौं – अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सम्पुर्ण संस्कृतिकर्मीहरुलाई चुनाव खारेजीमा सहयोग गर्न भन्दै अपील गरेको छ ।
स्थानीय निर्वाचन विरुद्ध देशव्यापी प्रतिरोध आन्दोलन चलिरहेको बेला सम्पूर्ण क्रान्तिकारी संस्कृतिकर्मीहरूलाई क्रान्तिकारी ध्रुबीकरणमा सामेल हुन आहवान गर्दै महासङ्घले बिज्ञप्ति सार्वजनिक गरेको हो ।
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन तथा नेपाली धर्तीमा भएका सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी उच्च मूल्यका विरुद्ध दलाल पुँजीवादी संसदीय व्यवस्थाका मतियारहरू मरिमेटेर लागिपरेका भन्दै महासंघले चुनाव खारेज हुनुपर्ने बताएको छ ।
विज्ञप्ति

पलायनता, भागदौड र लम्पसारवादका विरुद्ध क्रान्तिकारी सांस्कृतिक ध्रुबीकरणलाई तीब्र बनाऔँँ !
मरणासन्न राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय निर्वाचनका विरुद्ध सशक्त प्रतिरोध गरौँ !!

आदरणीय संस्कृतिकर्मीहरू !
प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी चलिरहेको यतिबेला नेपालमा दिनहुँ नियमितता र आकस्मिकताका दर्जनौं परिघटना देखापरिरहेका छन् ।

१० वर्षको जनयुद्ध, १९ दिने जनआन्दोलन र नेपाली धर्तीमा भएका सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी उच्च मूल्यका विरुद्ध मरणासन्न राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय व्यवस्थाका मतियारहरू मरिमेटेर लागिपरेका छन् । उनीहरू नेपालमा क्रान्तिकारी विचार, सपना र सम्भावनाको मुना निमोठ्न उद्यत छन् ।

मुलुक नयाँ किसिमको वर्गयुद्धको तुफानी मोडमा उभिएको छ । जनयुद्ध हुँदै कथित शान्तिप्रक्रियाका माध्यमबाट लम्पसारवादमा चुर्लुम्म डुब्न पुगेको प्रचण्डमण्डली यतिखेर देश र जनताका विरुद्ध खुलमखुला र निर्लज्ज भएर उभिएको छ ।

परम्परागत अनुदार प्रतिक्रियावादी– संसद्वादी देउवामण्डली र प्रतिक्रियावादमा पतन भइसकेको तथा ख्रुश्चेबपन्थी एमालेको जबजमा विलुप्त प्रचण्डमण्डलीले क्रान्तिकारी नेता, कार्यकर्ता, लेखक, साहित्यकार, पत्रकार, कलाकार, जनता सबैलाई ज्यानी–दुश्मनको व्यवहार गरिरहेको छ ।

तिनीहरू साम्राज्यवादी मतियार हुन्, जसका कारण राष्ट्रिय सङ्कट दिनानुदिन बढोत्तरी हुँदै गएको परिस्थितिमा जनताको विकसित प्रतिरोधी र मुक्तिकामी चेतनाको प्रतिबिम्बन नेपालमा नयाँ क्रान्तिको अपरिहार्यताको द्योतक हो । इतिहासको एउटा कालखण्डमा भएको रक्तपातपूर्ण ऐतिहासिक निरन्तरतामा क्रमभङ्गतासँगै नेपाली राजनीतिमा अर्को निरन्तरताको अवस्था देखापर्दैछ ।

हामीलाई थाहा छ, जनताको भौतिक–सङ्घर्षसित वैचारि क–सांस्कृतिक सङ्घर्ष परिपूरक हुन्छन् । आज वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनाको सहिदी सपना अलपत्र पारिएका छन् । महान् सहिदहरूका बलिदानको जगमा वैज्ञानिक समाजवादी राज्यसत्ताको पिरामीड खडा गर्नुपर्ने यतिबेला तिनै सहिदी सपनालाई लिलामी मालमा फेरिएको छ, कुर्सीसित साटिएको छ, साम्राज्यवादी शक्तिकेन्द्रको पाउमा लम्पसार परेर समर्पण गरिएको छ ।

कथित लोकतान्त्रिक व्यवस्थाको आबरणमा दलाल तथा निरङ्कुश सत्ताले गरेको यस किसिमको अन्यायपूर्ण हर्कतले आमूल परिवर्तनकारी शक्तिलाई अत्यन्त क्षुब्ध र आक्रोशित तुल्याउनु स्वाभाविक कुरा हो ।

देश र जनताका विरुद्ध प्रतिक्रियावादी सत्ताद्वारा लादिएको कथित निर्वाचन ९स्थानीय, प्रादेशिक र सङ्घीय० का विरुद्ध अथाह जनसागर उर्लिएको छ । देश र जनताको विपक्षमा रहेको कथित निर्वाचनलाई पूर्णतः खारेज गर्नुको कुनै विकल्प छैन । जनताको प्रतिरोधी चेतना र क्षमतामा उल्लेख्य विकास भएको छ । निर्वाचन खारेजी अभियानबाट दलाल सत्ता र तिनका मतियारहरू नराम्ररी अत्तालिएका छन् ।

परिणामतः सत्ताले नेता–कार्यकर्ता, लेखक, साहित्यकार, पत्रकार, कलाकार, समर्थकलाई अन्धाधुन्ध पक्रने, यातना दिने, झुठा मुद्दा लगाउनेकाम तीब्र बनाएको छ । हाम्रो सङ्गठनका महासचिव खेम थपलियालाई दङ्गा प्रहरीद्वारा मूलबाटोमा नियन्त्रण लिएर दुव्र्यवहार गरिएको छ ।

कोषाध्यक्ष आरोह नेपाली, केन्द्रीय सदस्य बुद्ध लामालगायतका जनकलाकारहरूलाई पक्राउ गरेर थुन्ने काम गरिएको छ । मेची ब्युरो प्रमुखनवल गजमेरलाई बिरामी अवस्थामै घरबाट पक्राउ गरेर थुनामा राखिएको छ ।

राप्ती ब्युरो प्रमुख हिमाललाई २८ दिन हिरासतमा राखिनु, लुम्बिनी ब्युरो प्रमुख खोमा तरामु मगरलाई पटक– पटक नियन्त्रणमा लिनु र मानसिक यातना दिइनुले सत्ताधारीको विक्षिप्त मनोदशालाई नै उजागर गरेको छ ।

केन्द्रीय टोली सामना सांस्कृतिक परिवारको सेल्टरमा पटक–पटक छापा मार्ने, पक्राउ गर्ने, यातना दिने काम यो सत्ताले गरेको छ । कतिपय स्थानमा सामना परिवारका सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शनमा रोक लगाइएको छ ।

क्षितिज सांस्कृतिक परिवार, रक्तरञ्जित सांस्कृतिक चुनु–शिल्पा सांस्कृतिक परिवार, जलजला सांस्कृतिक परिवार, सुखानी सांस्कृतिक परिवार, सजधका सांस्कृतिक परिवारलगायत सांस्कृतिक परिवारका कार्यक्रममाथि ठाउँ–ठाउँमा रोक लगाइएको छ ।

पटक–पटक जनताका कलाकारलाई पक्रने र यातना दिइएको छ । यो सत्ताले कथित स्थानीय निर्वाचनपश्चात मात्र पनि हाम्रो सङ्गठनका झन्डै ३ दर्जन लेखक– साहित्यकार, कलाकारलाई विभिन्न यन्त्रणा दिने काम गरेको छ । हाम्रा झन्डाहरू खोसिएका छन्, मादल, सारङ्गी र गितारहरू लुटिएका छन्, कलमहरू बन्द गराइएका छन् ।

जसको रगत, पसिना र कौशलका आधारमा माओवादी केन्द्र नाम गरेको समूह आज जुन ठाउँमा पुगेको छस सोही समूह आज सर्वाधिक प्रतिक्रियावादी बन्दै जनताका कलाकारहरूलाई दुश्मनीपूर्ण व्यवहार गरिरहेको छ । माओवादी केन्द्रको यस किसिमको कृतघ्न पराकाष्ठाको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ ।

एकातिर मक्किएको संसदीय व्यवस्थालाई नयाँ जामा भिराएर भ्रम सिर्जना गर्ने काम सत्ताधारीहरूले गरिररहेका छन् भने अर्कोतिर दमन गरेर तह लगाउन सकिन्छ भन्ने मनसायका साथ जनतालाई दमन गर्ने कार्य पनि तीब्र पारेका छन् । यो सत्ताले भित्तेलेखन गर्दा, पोस्टर टाँस्दा, कलेजमा पढाइरहँदा र पढिरहँदा पक्राउ गरेर थुनेको छ ।

त्यति मात्र होइन, स–साना नानीहरूका साथ घरमा सुतिरहेका आमाहरूलाई मध्यरातमा पक्राउ गर्ने, थुन्ने र चरम दुव्र्यवहार गर्ने कामलाई आफ्नो बहादुरी सम्झिरहेको छ । नाबालक, घाइते र अपाङ्गहरूलाई पनि यो सत्ताले बाँकी राखेन ।

अस्पतालमा उपचार गराइरहँदा, गम्भीर बिरामी परेर घरमै बसेर आराम गरिरहँदा पनि यो सत्ताले गैर–न्यायिक पक्राउ गर्ने कामलाई झन्भन्दा झन् तीब्र बनाउँदै लगेको छ । तर, जनतालाई यो कुरा पनि राम्ररी थाहा छ कि सर्वहाराक्रान्तिको विकल्प छैन, यसको विजयको पनि कुनै विकल्प छैन ।

लेनिनले भन्नुभएजस्तै नेपालमा युद्धबाट सिर्जित विध्वंसको कारण एउटा आम–क्रान्तिकारी सङ्कट पैदा भएको छ, जसको दीर्घकालिक र अप्ठ्यारा चरणहरूका बाबजुद सर्वहाराक्रान्ति र यसको विजयबाहेक अन्य कुनै तरिकाले अन्त्य हुन सक्दैन ।

आदरणीय जनसमुदाय १
डरलाग्दो कुरा यो भएको छ कि मुलुकमा निगमीय पुँजीवादी सत्ताले विषालु फणा फैलाउने जमर्को गरिरहेको छ । सबैखाले साम्राज्यवादी शक्तिले यसलाई मलजल गरिरहेका छन् । यतिबेला मुलुकमा अढाईसय वर्षदेखि जनताको रगत पिउँदै र हड्डी घोट्दै आएका जनबैरीहरू नयाँ आबरणमा कथित लोकतान्त्रिक र वाम–गठबन्धनको भ्रमजाल फैलाउन व्यस्त छन् ।

देशमा एउटै कम्युनिस्ट केन्द्र बनाउने प्रहसन पनि चलिरहेकै छ । देशमा दुईदलीय व्यवस्थाका माध्यमबाट जनताको शिरमाथि दमन, अन्याय, अत्याचार र शोषणको जाँतो घुमाउने मनसायबाट ग्रसित संसद्वादीहरू सबै किसिमका मूल्य र मान्यतालाई तिलाञ्जली दिँदै जनदमन र जनहत्यामा निर्लिप्त हुन थालेका छन् ।

साम्राज्यवादी शक्तिको निर्देशन र पृष्ठपोषणमा मात्र सत्तालिप्साका खातिर ध्रुबीकृत हुँदै गएको संसदीय सत्ताका विरुद्ध जनताले पनि क्रान्तिकारी ध्रुबीकरणमा जोड दिने बेला आएको छ । क्रान्तिकारी ध्रुबीकरणका माध्यमबाट मात्रै जनताको सुखी र उज्ज्वल भविष्यको सुनिश्चितता गर्न सकिन्छ ।

हर–चुनौतीको सामना गर्दै क्रान्तिकारी राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिकोयो निर्णायक लडाइँमा जनसांस्कृतिक क्षेत्रको अहम् भूमिका हुने कुरा हामीले कदापि बिर्सनुहुँदैन ।

महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानको सपना र वैचारिक निष्ठाले प्रतिरोध संस्कृति, त्याग, बलिदान र वर्गसङ्घर्षको संस्कृतिको निरन्तरताको आवश्यकतालाई नै इङ्गित गरेको छ । आज हामीलाई फेरि एकपटक शौर्य, साहस र वीरताको यौद्धिक–गायन चाहिएको छ ।

फेरि एकपटक कुची, कलम र मादलसित वर्गीय विचार, आस्था र सघन वर्गसङ्घर्षको अन्तरघुलनको आवश्यकता परेको छ । हाम्रो गौरवशाली सांस्कृतिक क्षेत्रका तर्फबाट वर्गसङ्घर्षमा कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले जीवनाहुति दिइसकेका छन् । काभ्रेको अनेकोट, अछामको डुङ्गला र विनायक, रोल्पाको भाबाङलगायतका स्थानहरूमा तत्कालीन फासिवादी सत्ताद्वारा सामूहिक हत्या गरिएका सांस्कृतिक सहिदहरू हाम्रा प्रेरणा, गौरव र सचेतना भएर उभिएका छन् ।

यतिखेर हामी महान् सांस्कृतिक सहिदहरू कृष्ण सेन इच्छुक, मस्त बिस्ट, च्याङ्वा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, हर्षबहादुर मल्ल, डीबी थापा, पुष्पराज चौधरी, रोहित कोइराला, ध्रुब ज्ञवाली र सामूहिक सांस्कृतिक हत्याकाण्डमा सहादत प्राप्त गर्ने सहिदहरूलगायतका सम्पूर्ण सहिदहरूले सांस्कृतिक साम्राज्यवादका विरुद्ध हामीलाई महान् सांस्कृतिक क्रान्तिमा लामबद्ध हुन प्रेरित गरिरहेका छन् ।

यतिबेला सबै प्रकारका उत्पीडन र अपसंस्कृतिका विरुद्ध खडा हुँदै न्याय, समानता र स्वतन्त्रताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु, सामन्तवाद, साम्राज्यवादलगायत सबैखाले प्रभुत्ववादका विरुद्ध खडा हुँदै राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्षरत रहनु परिवर्तनकामी जनसंस्कृतिकर्मीको दायित्व बन्न गएको छ । माओले भन्नुभएजस्तै सम्पूर्ण प्रतिक्रियावादीहरू कागजी बाघ हुन् ।

देखाइमा, प्रतिक्रियावादीहरूले आतङ्कित पारिरहेका छन् तर यथार्थमा तिनीहरू त्यति शक्तिशाली छैनन् । दीर्घकालिक दृष्टिले हेर्ने हो भने प्रतिक्रियावादीहरू होइन, जनता नै वास्तविक अर्थमा शक्तिशाली छन् । जतिबेला साम्राज्यवादको अन्त्य गरिनेछ, त्यतिबेला मात्र शान्ति स्थापित हुनेछ । कागजी बाघहरू बढारिएको दिन आउनेछ तर उनीहरू आफैँ र आफ्नै कारणले मात्र समाप्त हुनेछैनन्, उनीहरू हुरी र झरीबाट चुटिनु आवश्यक छ ।

आदरणीय संस्कृतिकर्मीहरू
नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष लामो समयदेखि हुँदै आएको छ । प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी चलिरहेको यतिबेला केही नलकट पछारिनु, ढल्नु, सोत्तर हुनु कुनै अनौठो कुरा होइन । राष्ट्रिय स्वाधीनता त्यतिबेला मात्र सार्थक हुन सक्छ, जतिबेला जनताले जनतन्त्र र जनजीविका प्राप्त गर्दछन् ।

नेपालमा राजनीतिक क्रान्तिसँगै सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता समयको माग हो । सर्वहारावर्गको पार्टी र आन्दोलनमाथि जनताको निगरानी र नियन्त्रणलाई सधैँभरि उच्च स्थानमा राख्नु महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्वपूर्ण पक्ष हो । विश्वमा झैँ नेपालमा पनि कुनै समयको सर्वहारा पार्टी अर्को समयमा बुर्जुवा नोकरशाही पार्टीमा बदलिन सक्छ भन्ने कुरा माओवादी केन्द्रको उदाहरण ताजा र काफी छ ।

जनताको निगरानी र नियन्त्रणले मात्र सर्वहारा पार्टी सधैँभरि वर्गीय मूल्य र मान्यतामा रहिरहन सक्छ । पुरानोको ध्वंस र नयाँको स्थापना वैज्ञानिक समाजवादी राज्यसत्ताको आधारभूत सर्त हो । नेपाल र नेपाली जनता सदैव पछाडि पर्नुको मुख्य कारण दलाल पुँजीवादी संसदीय सत्ता नै हो ।

पुँजीवादी संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो भन्ने कुरामा कसैलाई पनि दुविधा हुनुहुँदैन । हामीलाई थाहा छ, सहिदका रगतद्वारा लेखिएको इतिहास कसैले मेट्न सक्तैन । विश्वभर लेनिनको नेतृत्वमा सम्पन्न भएको महान् अक्टोबर क्रान्तिको शतवार्षिकी बनाइरहँदा, विश्वमा पुनः सुनौलो समाजवादी क्षितिज उघारिने आशालाई हृदयमा सजाइरहेकै बेला नेपालको घरेलु राजनीति अत्यन्त पेचिलो भएर उभिएको छ ।

आन्दोलनभित्रका एकाध मानिस पलायनतावादी भागदौडमा सामेल भएर लम्पसारवादी आत्मकेन्द्रित अवसरवादको आहालमा चुर्लुम्म डुबे पनि हाम्रो आस्थाको प्रतीक प्रिय रातो झन्डा कहिल्यै झुक्नेछैन, झुक्न दिइनेछैन । दलालहरूका विरुद्ध लड्ने क्रान्तिकारी संस्कृतिलाई कुनै पनि हालतमा कमजोर हुन दिइनेछैन ।

अन्तमा, मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल पुँजीवादी संसदीय निर्वाचनमा कुनै पनि तवरबाट सहभागी नबन्न तथा यसका विरुद्ध सशक्त प्रतिरोध गर्न विशेष आह्वान गर्न चाहन्छौँ ।

यतिबेला वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम एवम् साम्यवादी सपना र साहसका साथ, देशभरका सम्पूर्ण क्रान्तिका पक्षधर कलाकार, लेखक–साहित्यकार र संस्कृतिकर्मीहरूलाई आ–आफ्नो ठाउँबाट क्रान्तिकारी सांस्कृतिक धु्रबीकरणमा लामबद्ध हुन अपील गर्नु हाम्रो कर्तव्य बन्न पुगेको छ ।

क्रान्तिकारी अभिवादनसहित १
२७ कात्तिक, २०७४
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: