×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गिरफ्तार विप्लवका कार्यकर्ता तुरुन्त रिहा गर : सिंचाइ राज्यमन्त्री पुन

लिबाङ, रोल्पा – सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा वुधबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहाइको माग गरेका छन् ।
लिबाङ बजार पुगेका बेला पक्राउ परेका नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सुवर्णाबती गाउँपालिकाको मिझिङबाट पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलगायत अन्य २ कार्यकर्ताको यथासिघ्र रिहाईका लागि पुनले माग गरेका हुन् ।
“शान्तिपूर्ण रुपमा समाजमा राजनीति गर्ने र घुमफिर गर्ने अधिकार सबैलाई हुन्छ । तर यसरी पुलिस प्रशासन लगाएर धरपकड गर्ने अधिकार कसैलाई हुँदैन । यसमा मेरो घोर आपत्ती छ, विरोध छ । त्यसैले यथासीघ्र रिहाइकालागि प्रहरी प्रशासनलाई मेरो निर्देशन पनि छ।”–उनले भने ।
राज्यमन्त्री पुनले भने- ‘कसैले समाजमा हिंसात्मक गतिविधिमा गर्छ वा दुर्व्यवहार गर्छ भने त्यस्ता व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आफ्नो पनि सकारात्मक साथ र सहायोग रहनेछ । तर शान्तिपूर्ण राजनीति गर्नेलाई पक्राउ गर्नु मानवअधिकार विरोधी कार्य भएको हुँदा यसरी नेकपाका कार्यकर्ता पक्राउ गर्नु निन्दनीय छ र यसप्रति मेरो घोर आपत्ती रहेको छ ।’
यता नेकपाका नेता कार्यकर्ता पक्राउ बारे प्रतिक्रिया दिंदै पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवम् अधिकारकर्मी महेश न्यौपानेले नागरिकको स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
भोट हाल्नु वा चुनाव बहिष्कार गर्नु कुनैपनि नागरिकको अधिकार भएको हुँदा विना प्रमाण यसरी नागरिकलाई थुनामा राख्नु गैर जिम्मेवारीपूर्ण काम भएको उनले बताए ।
अर्कोतर्फ नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु आक्रोसित भएका छन् । स्थानीय निर्वाचनमा पनि प्रहरी प्रशासनले आफूहरुलाई दुःख दिएको र अहिलेपनि दुःख दिन खोजिरहेको उनीहरुको आरोप छ ।
समाजमा शान्तिपूर्ण राजनीतिक वातावरण निर्माण गर्नका लागि पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई यथासीघ्र रिहाइ गर्न उनीहरुको माग छ । आजै देशभर गरी प्रहरीले नेकपाका दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: