×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भैंसीको छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरियो- बालकृष्ण

काठमाडौं – माओवादी युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोगमा मंगलबार जेल चलान भएका माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै नेताहरुलाई व्यंग्य गरेका छन् ।
सांकेतिक रुपमा टिप्पणी गर्दै ढुंगेलले ‘भैंसीको छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरिएको’ प्रतिक्रिया दिएका छन् । उनले आफ्ना वकिल लक्ष्मण बरालमार्फत डिल्लीबजारस्थित सदरखोर जेलबाट यस्तो प्रतिक्रिया दिएका छन् । ‘ठूलालाई छाडेर सानोलाई समातिएको’ संकेत गर्दै ढुंगेलले भनेका थिए – ‘कुखुराको छोरालाई समात्न सजिलो हुनाले मलाई समातियो ।
मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई प्रहरीले अपरान्ह काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । तर, अदालतबाट निस्कने क्रममा प्रहरीले उनलाई संचारकर्मीसँग बोल्न दिएन । माओवादीबाट ओखलढुंगाबाट २०६४ सालमा सांसद बनेका ढुंगेल काठमाडौँमा लुकीछिपी हिँड्दै आएका थिए ।
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीच भने सुरक्षाको कारण देखाउँदैसातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए, जहाँ भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए ।
उनलाई अहिले काठमाडौँको डिल्लीबजारस्थित सदरखोरको ‘ख’ ब्लकमा राखिएको छ । यसअघि ओखलढुंगा जिल्ला अदालतको आदेशमा ८ बर्ष जेल बसिसकेका कारण ढुंगेलले अब १२ बर्ष ५ महिना २२ दिन जेल बस्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: