×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँड

काठमाडौं – आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनाबी तालमेल सहित गठबन्धन गरेका नेकपा एमाले र माओबादी केन्द्रको बाम गठबन्धनले सीट संख्याको बाँडफाँडसँगै निर्वाचन क्षेत्रको पनि लगभग टुङगो लगाएका छन् । गठबन्धनको नयाँ सहमति अनुसार मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले ७५, माओबादी केन्द्रले ४६ र स्वतन्त्रले ७ सिट पाउने भएका छन् ।
यसअघिको पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओबादी केन्द्रले १६ सिट लिने दुवै दलबीच सहमति भएको थियो । नेकपा एमाले र माओबादी केन्द्रको बाम गठबन्धनले दुई दलबीचको सिट भागबण्डामा प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट भाग पाएको छ ।
त्यसैगरी प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट पाएको छ । त्यस्तै ६ सिट राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई छुट्याइएको छ । प्रदेश सभाको लागि एमालेले १९८ र माओवादीले १२६ सिट पाएको छ । यस भन्दा अगिको चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओबादीले ३३ सिट लिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: