×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी र एमालेका ४५ कार्यकर्ता काँग्रेस प्रवेश, राज्यमन्त्री पाख्रिनले गरे स्वागत

काठमाडौं – कानून राज्यमन्त्री दिलमान पाख्रिनले मुलुक समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गर्नुपर्ने बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री पाख्रिनले संविधान कार्यान्वयनको लागि निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै राप्रपाका निर्वाचन क्षेत्र ‘ख’ डम्बर तामाङले पनि धादिङको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नेता रामनाथ अधिकारी, डा. राजाराम कार्की, तिलक रुवाली, राप्रपा धादिङका अध्यक्ष नवराज श्रेष्ठले पनि आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरुले चुनावपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताएका थिए । नयाँ शक्ति पार्टीको नेता राम ढकालले पनि कांग्रेल नेतृत्वको लोकतान्त्रिक गठबन्धलाई मतदान गर्नको लागि अपिल गरेका थिए । राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले धादिङको विकासको लागि धमलाले खेलेको भूमिकाको प्रशसा गरे ।
कार्यक्रममा नयाँ शक्तिका जिल्ला संयोजक राम प्रसाद ढकाल र राप्रपा जिल्ला अध्यक्ष नवराज श्रेष्ठले पनि बोलेका थिए । कार्यक्रममा निलकण्ठ ११ का एमाले र माओवादीका कार्यकर्ताहरु निर्मल श्रेष्ठ, काजिमान श्रेष्ठ, थिर बहादुर आलेमगर, राम बहादुर नेपाली लगायत ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: