×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, कोषाध्यक्षसहित दुईजना घाइते

सोलुखम्बु – सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीचकुटाकुट भएको छ । दुईजना घाइते भएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा रहेका दुबै दलका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको बताइएको छ ।
घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् ।
वाम गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ ।
झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएको छ । यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाले आफूमाथी आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ ।
तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जुबुतर्फ अगाडि बढेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: