गाेरखामा फेरी माअाेवादी र कांग्रेसबीच कुटाकुट, एकजना गम्भीर घाइते
Powered by Blogger.
गाेरखामा फेरी माअाेवादी र कांग्रेसबीच कुटाकुट, एकजना गम्भीर घाइते

गोरखा - माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।

गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् ।

बानियाँको टाउकोमा गम्भीर चोट लाग्नुको साथै हात पनि धारिलो हतियारले प्रहार गरिएको छ । घटनाप्रति अात्ति जनाउँदै काँग्रेस गोरखाले अाक्रमणकारीलाई कारवाहीको माग गरेको छ । उसले कारवाही नभए अाफूहरुले पनि बदला लिने चेतावनी काँग्रेसले दिएको छ ।

यसअघि गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा दुबै पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुले आपसमा खुकुरी हानाहान गरेका थिए । आइतबार साँझ भिमसेन–५ बगुवामा भएको झडपमा दुबै खुकुरी र भाला हानाहान आधा दर्जन घाइते भएका थिए ।

दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माकेका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन जना गम्भीर घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेका उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

प्रकाशित मिति : Thursday, November 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...