×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायी गौचनको हत्यामा संलग्न पक्राउ

काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
गत असोज २३ गते गौचनको वानेश्वमार दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो । गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । यद्यपी उनले उनीहरु सुटर नै हुन् या होइनन् भन्नेबारे भने केहि खुलाएनन् । ‘हामीले हत्यामा संलग्न केहीलाई पक्राउ गरेका छौँ । बाँकी पत्रकार सम्मेलनमा जानकारी दिनेछौँ,’ उनले भने ।
प्रहरीले यसबारे थप जानकारी दिन नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । २३ गते दिउँसो दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो ।
गौचनमाथि तीनओटा गोली हानिएको थियो ।एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । – एस काठमाडौँ

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: