युवतीको विषयलाई लिएर प्रहरी चौकीमा झडप, ७ राउण्ड हवाइ फायर

मकवानपुर – मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ ।

शनिबार राती मापसे सेवन गरेर महिला तथा युवती जिस्क्याउने हेटौंडा १९ का राजकुमार जिम्बालाई नियन्त्रणमा लिएपछि केही स्थानीयले उनलाई छुटाउन माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए ।

छुटाउन नमानेपछि स्थानीयहरु तोडफोड उत्रिएपछि भिड नियन्त्रण लिन हवाइ फायर गर्नु परेको एसपी विकास राज खनालले जानकारी दिए । प्रहरीले तोडफोडमा सम्लग्न ७ जनालाई नियन्त्रणमा लिएको छ । एक जना प्रहरी घाइते भएका छन् ।

पिकनिक खान हाँडिखोला गएका जिम्बासहितका एक समूहले स्थानीय महिला र युवती जिस्काएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । - काठमाडौँ टुडे 
प्रकाशित : Sunday, November 12, 2017

recent

Popular Posts