×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइपीओ जारी गर्नको लागि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र आइएमई लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डमा निवेदन पेस गरेका छन् । नेष्डोले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन पेस गरेको हो । 
कम्पनीले आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ र जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । साथै संस्थापक समूहको हिस्सा ७०% सेयर छ । कम्पनीले जारी पूँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
यता आइएमईले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ । कम्पनीको यो आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ । 
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सोही पूँजीबाट आइपीओ बिक्री गर्न लागिएको हो  आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: