×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुण्डली हेरेर ज्योतिषीले गरे प्रचण्डको चुनावी भबिष्यवाणी: हेर्नुहोस् यस्तो छ परिणाम

काठमाडौं – नेपाली राजनीतिका एक चर्चित व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर शक्तिको पेरिफेरीमै देखिन्छन् । ग्रह गोचरीय आधारमा पनि उनको यस्तै प्रवृत्ति पाउन सकिन्छ । ११ डिसेम्बर १९५४ मा जन्मिएका प्रचण्डको वास्तविक नाम ‘छविलाल’ नै देखिन आउँछ । सो मितिका आधारमा आद्र्रा नक्षत्रको चौथो पाउ ‘छ’ अक्षर आउँछ र राशि मिथुन रहेको देखिन्छ ।
सामान्यतः मिथुन राशिका निम्ति वर्तमान समय संघर्षमय छ । गाेचरमा शनिले सातौँ भावबाट दृष्टि दिइरहेकाले वर्तमानको स्थिति हेर्दा उनलाई निर्वाचन त्यति सहज भने देखिँदैन । समय चुनौतीपूर्ण नै देखिन्छ । जन्मकुण्डलीमा शनि उच्च भई पराक्रम स्थानमा निवास गरेकाले राजनीतिमा चाँडै परास्त गर्न सक्ने भने देखिँदैन ।
गोचरीय आधारमा वृहस्पतिको दृष्टि पनि प्रत्यक्ष परेको देखिन्छ । तुला राशिका वृहस्पतिले मिथुनराशिलाई नवम् अर्थात् पूर्ण दृष्टि दिने भएकाले राजनीतिक भविष्यलाई चुनौतीपूर्ण बनाए पनि सबल रहने देखिन्छ । धन स्थानमा राहुको निवास छ । जसले खर्चमा अत्यधिक वृद्धि हुने देखिन्छ । समय अत्यन्त खर्चिलो र अनुत्पादक रहनेछ ।
स्वास्थ्यको क्षेत्रमा पनि समस्या आउन सक्ने देखिन्छ । पराक्रम भावको सूर्य शत्रुभावमा बसेकाले प्रतिद्वन्द्वी कडा रहनेछन् । चुनावी मैदान सरगर्मी बन्ने देखिन्छ ।
शनिको प्रभावले सोचेजति सफलता भने दिन सक्ने देखिँदैन । कार्यमा सुस्तताका साथै अनावश्यक लाञ्छनाको पनि सामना गर्नुपर्ने देखिन्छ । लग्न कुण्डलीमा शनि उच्च रहे पनि हरेक कार्यको सामाना धनबाट मात्र गर्न सकिने देखिन्छ । अन्यथा अनेकौँ अपवादले राजनीति धुमिल बनाइराख्ने देखिन्छ ।
सिंह लग्नको कुण्डलीबाट हेर्दा शक्तिको पेरिफेरीमै रहिरहने ग्रह देखिन्छन् । वाणीको मालिक बुध सूर्यसँग निवास गरेकाले बोलीमा विकार आउन सक्ने देखिन्छ । वर्तमानको विंशोत्तरीय दशामा शुक्र चलिरहेको र शुक्र पनि स्वगृही भएकाले कार्यमा आलस्यताका साथै बोलीले विवाद निम्त्याउन सक्नेछ ।
यसैगरी मित्र भाव पनि त्यति सहज देखिँदैन । मित्रको भर पर्नु पनि त्यति उचित देखिँदैन । मित्रजन ठानिएका व्यक्तिहरूले पनि भित्रभित्रै धोका दिने जाल पनि बुनिरहनेछन् ।
किनकि गोचरको सूर्य पनि शत्रुभावमा मंसिर महिनाभर रहने भएकाले मंसिर महिना मित्रजनबाट त्यति सुखद् रहने छैन । पौष महिनाबाट भने मित्रजनबाट सहयोग प्राप्त हुनेछ ।
मिथुन राशि, सिंह लग्नको समय आधारमा यो विश्लेषण गरिएको हो ।
नारायण निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: