एलआइसीको खुद नाफा ३३५.४७% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले ३३५.४७% ले खुद नाफा बढाए ३ करोड ७३ लाख ६८ हजार ८९ रुपैयाँ पुर्याएको छ । गत वर्षको यही त्रैमासमा कम्पनीले ८५ लाख ८० हजार ९१९ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले २ अर्ब २३ करोड ५५ लाख ८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन पनि गरेको छ । यो गत वर्षको तुलनामा २३.१६% धेरै हो । गत वर्ष कम्पनीले १ अर्ब ८१ करोड ५१ लाख ८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । 

खुद बिमा शुल्क भने २ अर्ब २१ करोड ७८ लाख ३९ हजार २३३ रुपैयाँ छ । पुनर्बिमा कमिसनबाट २१ लाख ७४ हजार ६५० रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, लाइफ इन्सुरेन्सले ४९ करोड २३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ४ करोड १२ लाख ८२ हजार रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५० लाख ४ हजार ४७४ रुपैयाँ छ ।

 गत वर्ष चुक्ता पुँजी १ अर्ब ६ करोड ९४ लाख ५३ हजार १२५ रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा १० करोड ६१ लाख ४७ हजार ६५३ रुपैयाँ छ । यसैगरी, एलआइसीको जीवन बिमा कोषमा ३६ अर्ब ३८ करोड ३९ लाख १८ हजार ९४५ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ रहेको एलआइसीको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ७१ पैसा छ ।
प्रकाशित : Wednesday, November 15, 2017

recent

Popular Posts