×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जिल्ला अध्यक्ष जामुन मण्डलको उपचारकै क्रममा निधन

महोत्तरी – महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । मिर्गाैला र कलेजोको रोगबाट पीडित एमाले महोत्तरीका अनुसार मण्डलको गएराति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।
एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको एमाले महोत्तरीले जानकारी दिएको छ ।
मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित भएका थिए । मण्डल दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष भएका थिए । उनका श्रीमती तथा दुई दुई छोरा र छोरी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: