महुलीको ५०% बोनस सेयरमा मूल्य समायोजन, समायोजनपछि कतिमा खुल्यो कारोबार ?
Powered by Blogger.
महुलीको ५०% बोनस सेयरमा मूल्य समायोजन, समायोजनपछि कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - महुली सामुदायिक लघुवित्तको ५०% बोनस सेयरमा मूल्य समायोजन गरेर प्रतिकित्ता १३ सय ७१ रुपैयाँ तोकिएको छ । यस अनुसार, आज कम्पनीको पहिलो कारोबार १३ सय ७१ रुपैयाँलाई आधार मोनर खुलेको हो । महुलीको औसत आधार मूल्य ७३५ रुपैयाँ हो । मंसिर ९ गते साधारण सभा गर्नको लागि महुलीले आइतबारदेखि बुक क्लोज गरेको हो । 

कम्पनीले सभामा १०% नगद लाभांशका साथ बोनसपछि कायम हुने पुँजीमा ५०% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेस हुनेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा महुलीले ४ करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित मिति : Sunday, November 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...