×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल टेलिकमको खुद नाफामा २२.२१% गिरावट, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २२.२१%ले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक वित्तिय विवरण अनुसार टेलिकमको सेवा व्यापारबाट गर्ने आम्दानी बढेर २७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ५ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै  टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । 
चैत मसान्तसम्म टेलिकमको रिजर्भ कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ जम्मा छ भने प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष ६७ रुपैयाँ २५ पैसा रहेको यसको प्रतिसेयर आम्दानी घटेर ५२ रुपैयाँ ३१ पैसा (वार्षिक) मा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ ६५३ रुपैयाँ १० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: