×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवराज सिलवालले भनेः अब देश बनाउँछु, जीत निश्चित छ

काठमाडौँ  – ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक नवराज सिलवालले नेकपा एमालेको तर्फबाट  उम्मेदवारी दर्ता गराएका छन् ।

उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै सिलवालले आफू देश बनाउन कार्यमा सक्रिय हुने बताए ।

‘आर्थिक समृद्धि मुख्य लक्ष्यका साथ देश बनाउँछौं,’ सिलवालले भने, ‘स्वच्छ प्रतिस्पर्धार्मा विश्वास गर्छौं । जीत निश्चित छ ।’

सिलवालले आफूलाई जनताले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसित प्रतिक्रिया दिंदै उनले न्यायको लडाईंमा आफूलाई साथ दिन आम नेपालीले मतदानमार्फत न्याय दिने विश्वास व्यक्त गरे ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: