नागबेली लघुवित्तले ४५.६% बोनसपछि जारी गर्ने भयो १००% हकप्रद
Powered by Blogger.
नागबेली लघुवित्तले ४५.६% बोनसपछि जारी गर्ने भयो १००% हकप्रद

काठमाडौं - नागबेली लघुवित्त विकास बैंकले ४५.६% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १००% हकप्रद जारी गर्ने भएको छ । नागबेलीले बोनसपछि कायम हुने पुँजीमा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अब हुने आठौं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । कम्पनीले सातौं वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय गरेको थियो । 

तर गत वर्ष विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब ४५.६% बोनसपछि कायम हुने पुँजीमा जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट अनुसार नागबेलीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ छ । चौथो त्रैमासमा कम्पनीले ३ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ६७ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २० पैसा छ ।

प्रकाशित मिति : Thursday, November 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...