×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्रपा पनि बाम गठबन्धनमा मिसियो, प्रचण्ड जिताउन केपी ओलीको यस्तो आइडिया !

झापा – एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले काँग्रेस–राप्रपा सम्मिलित प्रजातान्त्रिक गठबन्धन भत्काउने दाउपेचमा झापामा राप्रपा उम्मेदवारलाई सघाउने भएका छन् ।
झापा–३ मा गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई सघाउने भएको हो । बाम गठबन्धनबीचको सहमतिमा सो क्षेत्र एमालेको भागमा परेको थियो । बाम गठबन्धन र राप्रपाबीच झापाका ४ मध्ये तीन क्षेत्रमा एमालेलाई राप्रपाले र राप्रपालाई बाम गठबन्धनले एक क्षेत्रमा सघाउने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
काँग्रेसले झापा–३ मा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेपछि लिङदेनले पनि उम्मेदवारी घोषणा गरेका थिए । केन्द्रमा काँग्रेस–राप्रपाबीच गठबन्धन छ । दुई दलबीचको सहमतिमा राप्रपालाई काँग्रेसले ७ निर्वाचन क्षेत्रमा छाड्ने सहमति भएको छ । झापामा सिटौला र लिङदेन दुवैले आफ्नो दाबी नछाडेपछि काँग्रेस–राप्रपा गठबन्धनमा धाँजा परेको थियो । सोही मौकाको फाइदा बामपन्थी गठबन्धनले उठायो ।
काँग्रेसलाई जसरी पनि हराउने रणनीतिमा रहेका एमाले–माओवादीले लिङदेनलाई समर्थन गर्दै सिटौलालाई हराउने निर्णय गरेको हो । यदि झापामा सिटौला हार्ने परिस्थितिमा राप्रपालाई काँग्रसले सघाउने सहमति भएको चितवन–३, मकवानपुर–१, पर्सा–२, बाँके–२ र काठमाण्डु–७ मा समेत काँग्रेस मतदाताले राप्रपा उम्मेदवारलाई मत नदिने र त्यसको लाभ आफूहरुलाई हुने निस्कर्ष बाम गठबन्धनको छ ।
काँग्रेस र राप्रपाबीच राप्रपा अध्यक्ष कमल थापालाई मकवानपुर–१ मा उम्मेदवार बनाउने सहमति भएको छ । यस्तै निर्माण व्यवसायीसमेत रहेका वनमन्त्री विक्रम पाण्डेले काँग्रेस समर्थनमा राप्रपाका तर्फबाट माअ‍ोवादी अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिनेछन् ।
झापामा सिटौला पराजित हुने अवस्थामा चितवनमा समेत काँग्रेस मत प्रचण्डलाई आउने अनुमान दुई दलको छ । स्रोतका अनुसार प्रचण्डलाई जिताउन राप्रपासँगको सहकार्यको आइडिया एमाले अध्यक्ष ओलीले निकालेका हुन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: