×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दलहरुबीचको ध्रुवीकरणबारे पूर्वासभामूख घर्तीले मुख फोरिन

बागलुङ – पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको बताएकी छन् । प्रेस सेन्टर नेपाल बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला रहेको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने बताएकी हुन् ।
“ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ”, घर्तीले भनिन, “जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।” अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उहाँको भनाइ छ।
विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिएकी हुन् । नेकपा (माओवादी केन्द्र) की नेत्री रहेकी घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने विचार व्यक्त गरिन।
वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको बताउदै घर्तीले भनिन, “यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।”संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधँै पैरवी गर्ने घर्तीले बताउनुभयो ।
“संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ, यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पुर्याउँछ ।” महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उहाँको भनाइ छ । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: