×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाँदरमुढे घटनाले प्रचण्डलाई चितवनमा अर्काे झट्का, माडीबासी भन्छन्- ‘हत्यारा’लाई जिताएर…

चितवन – चितवन जिल्ला क्षेत्र न. ३ नेपाली काँग्रेस एवंम् रा.प्र.पा.(प्रजातान्त्रिक) सम्मिलित प्रजातान्त्रिक गठबन्धनले माडी नगरपालिकाका ६ वटा वडामा वाड सम्पर्क कार्यालय स्थापना गरेका छन्।
सम्पर्क कार्यालय स्थापनासँगै उनीहरुले बादरमुडेमा ज्यान गुमाउनेहरुको सम्झनामा मौनधारण गर्दै श्रदान्जली अर्पण गरेका छन्।
माडी नगरपालिकाका वाडहरु ४, ५, ६, ७, ८, र ९ क्रमस खैरहनी, ब्रम्हपुरी, कल्याणपुर, देवेन्द्रपुर, जीवनपुर र गोविन्दबस्तीमा प्रजातान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार बनमन्त्री बिक्रम पाण्डे, प्रदेश सभा ३ [ख] का साजन महतो एवम् पूर्व सभासद् रामकृष्ण घिमिरेले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए।
सो अवसरमा बन मन्त्री पाण्डेले आफुले २० बर्ष देखी माडीका जनताको सेवा गर्दै आएको भन्दै आफुले आजसम्म गरेका र अहिले गरिरहेको कामलाई फेसबुकमा नक्कली फोटो हालेर बिपक्षी उमेद्वारहरुले आफुले गरेको भनि प्रचार गरेको माडीका जनतालाई थाहा भएको बताए।
बादरमुडेमा भएको श्रदान्जली कार्यक्रममा उनले माडीका जनताले प्रचण्डलाई जिताएर यो हत्यालाई जायेज थियो भनेर भन्न नसक्ने बताए।
माडीबासीले मात्र नभई विश्वले नै बादरमुडे नरसंहारको घोर भत्सना गरेका थिए भन्ने कुरा आज पनि हाम्रो मानसपटलमा ताजै छ उनले बताए।
सोहि कार्यक्रममा नेपाली काँग्रेसक तर्फबाट ३[ख] प्रदेससभा उमेद्वार साजन कुमार महत्तोले आफुले माडीलाई विकास गर्दै सुनको थाली बनाउने साथै बादरमुडे नरसंहारको वदला जनताले चुनाबमा बाम गठबन्धनलाई हराएर लिने बताए।
प्रचण्डलाई जिताएर वादरमुडेको अनुमौन चितवनका जनताले गर्न नसक्ने उनले बताए।
सोहि कार्यक्रममा पूर्व सभासद्ह रामकृष्ण घिमिरेले जनताको अधिकार र स्वतन्त्रताको रक्षा काँग्रेसले मात्र गर्नसक्ने त्यसका लागि प्रचण्डलाई हराएर माडीका जनताले बादरमुडे त्रादशी एवम् हत्त्याकाण्डको गतिलो जबाफ दिनुपर्ने बताए।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् प्रतिनिधिसभा तर्फ समानुपातिक उमेद्वार पृथ्बीमान गुरुङ लगाएत क्षेत्रीय सभापतिहरु वडा सभापतिहरुले प्रजातान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको बताएका थिए।
उनीहरुले प्रचण्डलाई जिताएर वादमुडे घटनाको अनुमोदन गर्न नसकिने भन्दै एमालेका नेता कार्यकर्तालाई पनि प्रचण्डको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्। त्रासदीपूर्ण घटनको अनुमोदन गर्ने पाप नबोक्न उनीहरुले आग्रह गरेका छन्।
२०६२ साल जेष्ठ २३ गते माडीको कल्याणपुरस्थित बांदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीको एम्बुस विष्फोटमा परि ३८ जनाको ज्यान गएको थियो ।
बिष्फेटमा ७५ जना घाइते भएका थिए । माडीको अयोध्यापुरी ९ बगईबाट खचाखच यात्रु लिएर सदरमुकाम भरतपुरतर्फ आउदै गरेको ना २ ख ३२४५ नम्बरको बस बिद्युतीय धरापमा पारेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: