×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीको ज्यादती र दमनले सिमा नाघ्दै, प्रेस स्वतन्त्रताको धज्जी उडाउदै प्यूठानबाट २ पत्रकार गिरफ्तार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रहरीको ज्यादती र दमनले सिमा नाघ्दै, प्रेस स्वतन्त्रताको धज्जी उडाउदै प्यूठानबाट २ पत्रकार गिरफ्तार

देश र जनताको सुरक्षार्थ खटिनुपर्ने प्रहरी यतिबेला प्रेस जगतमाथि चरम दमन र ज्यादतीमा उत्रिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउदै प्रहरी प्रशासन समाचार लेखेकै भरमा पत्रकारहरुमाथि धरपकड गर्न थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले गरेको चुनाव बहिष्कारको विषयमा समाचार सम्प्रेषण गरेको भन्दै प्यूठान भिजन मासिकका कार्यकारी सम्पादक पदमप्रसाद पोखरेल र प्यूठान भिजन मासिककै सम्पादक जायस्वर जैसीलाई गिरफ्तार गरेको छ ।
नेपाल पत्रकार महासंघ प्युठान शाखा सदस्य समेत रहेका पोखरेलाई ‘नेकपाको समाचार किन लेखिस्’ भन्दै आइतबार बिजुवार जुम्रिबाट गिरफ्तार गरेको हो ।
त्यस्तै पत्रकार जैशीलाई ठुलाबेसीस्थित उनकै कोठाबाट स्कुल जाने तयारी गरिरहेको बेला गिरफ्तार गरेको हो । जैशी स्थानिय शिक्षक समेत हुन् ।
यस्तै आइतबार नै प्यूठानबाट नेकपाका स्वर्गद्वारी नगरपालिकाका जनसरकार प्रमुख गिरुप्रसाद भुसाल, राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य हरि बस्नेतलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
भुसाललाई आफ्नै ग्रिल उद्योगमा काम गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा प्युठानले जनाएको छ । बस्नेतलाई बिजुवार जुम्रिबाट गिरफ्तार गरेको हो ।
पत्रकार पोखरेलको गिरफ्तारप्रति क्रान्तिकारी पत्रकार संगठन नेपालले अापत्ति जनाएको छ । संगठनका जिल्ला अध्यक्ष हरि भण्डारीले पत्रकार द्वय पोख्रेल र जैशीको तत्काल रिहाईको माग गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: