बम आक्रमणको निरन्तरता, संखुवासभामा पनि एमाले उम्मेदवारमाथि हातेबम प्रहार
Powered by Blogger.
बम आक्रमणको निरन्तरता, संखुवासभामा पनि एमाले उम्मेदवारमाथि हातेबम प्रहार

संखुवासभा - प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन ।अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ ।

अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ । - एस काठमाडौँ 

प्रकाशित मिति : Tuesday, November 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...