×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनोनयन दर्ताकै दिन एमालेभित्र भाँडभैलो, प्रदेश संयोजक एकाएक बेपत्ता, नेताहरुहरू सामूहिक राजीनामा दिदै

सुनसरी – क्षेत्र बाँडफाँटको बिषयलाई लिएर देशभर भाडभैलो चलिरहेका बेला सुनसरी एमालेमा पनि अर्काे हंगाामा सुरु भएको छ । एमालेले सधैं जित्दै आएको सुनसरी २ प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले माओवादीलाई दिलाएको भन्दै जिल्लास्तरीय नेताहरुले हंगामा गरेका छन् ।
एमाले प्रदेश नम्बर १ का संयोजक आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।
इटहरी उपमहानगरसहित एमालेले जितेका क्षेत्र समेटिएको सो क्षेत्रमा यसअघि निर्वाचित सांसद रेवतीरमण भण्डारीलाई रोक्न आचार्यले जनमतमा कमजोर रहेको माओवादीलाई दिलाएको उनीहरुको आरोप छ ।
त्यस्तै क्षेत्र नम्बर ४ मा केन्द्रीय सदस्य जगदीश कुसियतलाई टिकट रोकेर राप्रपाबाट एमाले प्रवेश गरेका रमेश श्रेष्ठलाई दिलाएपछि आचार्यविरुद्ध कार्यकर्ता उत्रिएका छन् । बिहानैदेखि प्रकाशपुरमा भेला भएका क्षेत्र र जिल्लाका नेताहरुले कुसियतले टिकट नपाए सामूहिक राजीनामा दिने बताएका छन् ।
पार्टीले श्रेष्ठलाई प्रतिनिसभा र कुसियतलाई प्रदेशमा टिकट दिएको छ । यसैबीच, भीम आचार्य उम्मेदवार बन्ने सुनसरी १ को ख मा माओवादीका जिल्ला इन्चार्ज मुक्साहाङ मेन्याङबो बागी उठ्ने भएका छन् । उनलाई एमालेकै जिल्ला नेता र कार्यकर्ताको समर्थन रहेको एमाले नेता भण्डारीले बताए ।
आफ्ना केन्दीय नेता र माओवादी केन्द्रका केहि सिमित व्यक्तिको मिलेमतोका कारण जिल्लामा यस्तो भाडभैलो भएको भन्दै कार्यकर्ताहरु नेतृत्वको बिरुद्ध खनिएका छ । अब यस बिषयमा केन्द्रले हस्तक्षेप गरेर एमालेलाई नै मनोनयन दर्ता गराउनु पर्ने उनीहरुको माग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: