×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिडी हाइड्रोपावरको ५% बोनस सेयर दिने घोषणा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ५% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले कर तिर्न ०.२६% नगद लाभांश पनि दिने निर्णय गरेको हो । लाभांश प्रस्ताव मंसिर २६ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ । सभाका लागि रिडीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा भाग लिन सक्नेछन् । 
बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ । प्रबन्धपत्र वा नियमावली संशोधन वा परिमार्जन गर्नुपरेमा त्यसको सम्पूर्ण काम अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: