×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् नेपालका २ सय ८१ अभागी नेता, केछ यिनको अवस्था ?

विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् ।
अघिल्लो संसद्मा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक गरी कुल) २ सय ७५ र प्रदेशसभा (सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल) ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् ।
सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसद्मध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ ।
निवर्तमान सांसदमध्ये कांग्रेसले धेरैलाई दोहोर्‍याएको छ भने एमाले-माओवादीले धेरैलाई रिङबाहिर पारेका छन् । अन्य निवर्तमान सांसदलाई भने उसले दोहोर्‍याएको छैन । उसले अधिकांश नयाँ अनुहारलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।
एमालेले कास्की-४ बाट जितेकी सीता गिरी ओली, बझाङ-२ बाट जितेका लालबहादुर रावल, मुगु-१ बाट जितेका मोहन बानियाँ, बाँके-२ बाट निर्वाचित दिनेशचन्द्र यादव र बाजुरा-१ बाट निर्वाचित कर्णबहादुर थापालाई मात्रै यसपटकको प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपतिक उम्मेदवार बनाएको छ ।
कांग्रेसले भने विघटित संसद्कै बहुमत सदस्यलाई आगामी संसद्का लागि अगाडि सारेको छ । कुल २०७ सांसदमध्ये कांग्रेसले ८४ जनालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै दोहोर्‍याएको छ । उसले २५ निवर्तमान सांसदलाई भने यसपटक समानुपातिकतर्फ र ३१ जनालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ । उसका १४० जना पुरानै सांसद अहिले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार छन् । अन्य नेता भने कांग्रेसमा पनि रिङबाहिरै पुगेका छन्।
यसबीचमा कांग्रेसले एमाले-माओवादीबाट कांग्रेस प्रवेश गरेका र फोरम लोकतान्त्रिकबाट एकतामा आएका नेतालाई पनि निर्वाचनमा टिकट दिएको छ । माओवादीबाट कांग्रेस प्रवेश गरेका शम्भुलाल श्रेष्ठलाई सर्लाही-१, एमालेबाट आएका मोहनसिंह राठौरलाई कैलाली-२ मा उम्मेदवार बनाएको छ ।
त्यस्तै, विजय गच्छदारसँगै पार्टी एकतामा आएका तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदार, मुस्ताक आलम, योगेन्द्र चौधरी, जनकराज चौधरी, रामजनम चौधरी, डा. सुवोधकुमार पोखरेललगायत नेतालाई पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फकै उम्मेदवार बनाएको छ । उसले फोरम लोकतान्त्रिकबाट आएका १० पूर्वसांसदलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उठाएको छ ।
माओवादी केन्द्रले आफ्ना कुल ८१ सांसदमध्ये २८ जनालाई मात्रै प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचन लडाएको छ । त्यस्तै, उसले रेखा शर्मा, मानपुर चौधरीलगायत सात पूर्वसांसदलाई मात्रै समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उसका पनि ४४ जना निवर्तमान सांसद अहिले चुनावी रेसबाट बाहिरिएका छन् । माओवादी छोडेर शम्भुलाल श्रेष्ठले कांग्रेसबाट टिकट लिएका छन् भने एकजना सांसद भक्तिप्रसाद पाण्डेको निधन भइसकेको छ ।
राप्रपाले भने अध्यक्ष कमल थापा मकवानपुर १, विक्रमबहादुर थापा काठमाडौं-७ मा कांग्रेसको सहयोगमा प्रत्यक्ष निर्वाचन लडाएको छ । त्यस्तै, कान्ता भट्टराई, कुन्ती शाही, दिनेश श्रेष्ठ, दिलनाथ गिरीलगायत १४ पूर्वसांसद समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकका तर्फबाट दीपक बोहरा, सुनीलबहादुर थापालगायत नेता प्रत्यक्षमा चुनाव लडेका छन् भने उसका अन्य सात जना नेता समानुपातिकमा उम्मेदवार छन् । मधेसी दलमध्ये संघीय समाजवादी फोरम छाडेर गएका अभिशेकप्रताप शाहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनलाई कांग्रेसले कपिलवस्तुबाट प्रत्यक्षमै उठाएको हो ।
संघीय समाजवादी फोरमका अशोक राई सुनसरी-१ र उपेन्द्र यादव सप्तरी-१ बाट प्रत्यक्ष निर्वाचन लडेका छन् । लालबाबु राउतलाई पर्सामा प्रदेशसभामा प्रत्यक्षतर्फ उठाउनेबाहेक अन्य नेतालाई उसले दोहोर्‍याएको छैन । उसले पनि नयाँ अनुहारलाई नै प्राथमिकता दिएको छ ।
राजपाले भने विघटित संसद्का अधिकांशलाई यसपटक पनि प्रत्यक्ष तथा समानुपातिकमा दोहोर्‍याएको छ । राजपाले नौ जना पूर्व सांसलाई छाडेर सबैलाई पुनः निर्वाचनमा दोहोर्‍याएको छ । राजपाबाट केदारनन्दन चौधरी, नरसिंह चौधरी, महेन्द्रराय यादवलगायत नेता प्रत्यक्ष चुनाव लडेका छन् । राजपामै रहेका जंगीलाल यादवलाई कांग्रेसले आफ्नो पार्टीबाट टिकट दिएको छ ।
नेकपा मालेका पाँच सांसदमध्ये निर्वाचनको अवधिसम्म पार्टी महासचिव मात्रै पार्टीमा छन् । अन्यले पार्टी छोडिसकेका छन् । अइन्द्रसुन्दर नेम्बाङ, कमल विश्वकर्मा, कलसादेवी महरा र शिवचन्द्र चौधरीले माले त्यागेका हुन् । यीमध्ये कमला प्रदेश ५ बाट संघीय समाजवादीका समानुपातिक उम्मेदवार बनेका छन् भने कलसा माओवादी र शिवचन्द्र कांग्रेसबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बनेका छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे चुनावमै गएनन् । उनको पार्टीका दुई सांसद अनुराधा थापा र प्रेम सुवाल प्रत्यक्षतर्फ भक्तपुरबाट निर्वाचन लडेका छन् । अर्का सांसद भने निर्वाचनको रिङबाहिर छन् ।
राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये मीना पुन निर्वाचनको प्रक्रियाबाहिर पुगेकी छन् । अध्यक्ष चित्रबहादुर समानुपातिक र दुर्गा पौडेल वाम गठबन्धनको तर्फबाट प्युठानमा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् । परिवार दलका एकनाथ ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको छ भने जनजागरण पार्टीका लोकमणि ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई माओवादी केन्द्रले समानुपातिकतर्फ समेटेको छ । मधेस समता पार्टीका मेघराज नेपाली निषाद एमाले प्रवेश गरेर समानुपातिक सूचीमा परेका छन् ।
कुन पार्टीका कति दोहोरिए ?
एमाले ५८
कांग्रेस १४० (गच्छदारसँगै आएका थप १० जना)
माओवादी १६
राप्रपा (प्रजातान्त्रिक) ९
संघीय समाजवादी फोरम ३
राजपा २५
नेमकिपा २
राजमो २
– नयाँ पत्रिकामा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: