सप्तकोशीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ
Powered by Blogger.
सप्तकोशीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८ लाख १६ हजार ६७७ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । बैंकले कात्तिक २२ गतेदेखि संस्थापक समूहको सेयर सर्वसाधारणले पनि भर्न पाउने गरी लिलामीमा ल्याएको हो । जसमा संस्थापक समूहको १ लाख ५७ हजार कित्ता सेयरमा मात्र आवेदन परेको थियो । ८ लाख १६ हजार ६७७ कित्ता संस्थापक सेयरमा आवेदन नपरेपछि बैंकले पुनः सर्वसाधारणले पनि भर्न पाउने गरी लिलामीमा ल्याएको हो ।  हाल बैंकको चुक्ता पुँजी २१ करोड १० लाख रुपैयाँ छ । सबै लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४८ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सप्तकोशीले उपत्यका बाहिरबाट पनि लिलामी सेयर भर्न सकिने व्यवस्था गरेको छ । यसबाट राजधानी बाहिरका लगानीकर्तालाई निकै ठूलो राहत पुगेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा सप्तकोशी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय विराटनगर–९ मोरङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, एनएमबि बैंकको वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । बैंकले गत वर्षको कमाईबाट ११% बोनस सेयर र कर तिर्न ०.५८% नगद लाभांश दिने घोषणा गरिसकेको छ । सप्तकोशीले हकप्रद तथा लिलामी बिक्री गर्नुभन्दा अघि कायम पुँजीबाट लाभांश दिन लागेको हो ।

प्रकाशित मिति : Wednesday, November 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...