सूर्याले गर्यो कमालको प्रगति, खुद नाफा ३२३.२०% ले वृद्धि
Powered by Blogger.
सूर्याले गर्यो कमालको प्रगति, खुद नाफा ३२३.२०% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्या लाइफ इन्सुरेन्सले ३२३.२० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।  सूर्याले यस वर्ष खुद नाफा ५ करोड २२ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यहि अवधिमा सूर्याको खुद नाफा १ करोड २३ लाख ५५ हजार रुपैयाँ थियो । कम्पनीले १०% बोनस भने सूचीकृत भइसकेको छ । यो इन्सुरेन्सले जगेडा कोषमा ३७ करोड ८१ लाख ८८ हजार रुपैयाँ राखेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ८६.५३ प्रतिशतले धेरै हो ।

गत वर्ष २० करोड २७ लाख ४० हजार रुपैयाँ जगेडा थियो । सूर्याको जीवन बिमा कोषको आकार बढेर २ अर्ब ७१ करोड ७ लाख २१ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ४५.९५ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब ८५ करोड ७१ लाख ९६ हजार रुपैयाँ थियो । कम्पनीले महाविपत्ति जगेडा १२२.३६ प्रतिशतले बढाएको छ । गत वर्ष १ करोड ८० लाख ७५ हजार रुपैयाँ रहेको महाविपत्ति जगेडा बढेर चालु आर्थिक वर्षको ३ महिनामा ४ करोड १ लाख ९२ हजार रुपैयाँ पुगेको हो । यो ३ महिनामा इन्सुरेन्सले ३५ करोड २४ लाख ४८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । 

यो गत वर्षको यसै अवधिको तुलनामा ५२.७१ प्रतिशत बढी हो । गत वर्ष २३ करोड ७ लाख ९१ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । यसको कुल दाबी भुक्तानी ४ करोड १३ लाख ७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३१.३८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ७५ पैसा छ ।  नियामक बिमा समितिले जीवन बिमा कम्पनीलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि सूर्याले पनि पुँजी वृद्धिका लागि १० प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद जारी गर्ने यसअघि नै जनाइसकेको छ ।

प्रकाशित मिति : Sunday, November 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...